Butwal Today

चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

७ आश्विन २०८२, मंगलवार
अ+
अ-

चितवन, ७ असोज ।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका ६ जनामा औलो रोगको सङ्क्रमण पुष्टि भएको छ । साउनयता फेला परेका ती बिरामीमध्ये तीन जना भरतपुर महानगरपालिकाका, दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका रहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार सङ्क्रमित सबै ३४ देखि ४४ वर्ष उमेर समूहका हुन् । उनका अनुसार विभिन्न देशमा र नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएकामा सङ्क्रमण देखिएको हो ।

गत आर्थिक वर्षमा जिल्लामा १० जनामा औलो रोग देखिएको थियो । तर, विगत चार वर्षदेखि जिल्लाभित्रै बसोबास गर्ने व्यक्तिहरूमा भने यो रोगको सङ्क्रमण नदेखिएको उनले बताए ।

औलो रोग पोथी लामखुट्टेले टोक्दा सर्ने संक्रामक रोग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?