Butwal Today

एक खुट्टाले नाचेर पहिचान बनाएकी नृत्याङ्गना सीता सुवेदीको  निधन

७ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, ७ असोज । 

चर्चित नृत्याङ्गना सीता सुवेदीको ४० वर्षको उमेरमा निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित सुवेदीले करिब तीन महिनादेखि उपचार गराइरहेकी थिइन् । परिवारका अनुसार मङ्गलवार बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको जनाएको छ । उनी एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन् ।

चितवनकी सुवेदीलाई १२ वर्षको उमेरमा खुट्टाको क्यान्सर भएपछि देब्रे खुट्टा काट्नु परेको थियो । एक खुट्टाले नृत्य प्रस्तुत गर्दै उनले आफ्नो छुट्टै पहिचान निर्माण गरेकी थिइन् ।

नृत्ययात्रासँगै उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३ को उपाधि विजेता, प्रेरक वक्ता, गायिका तथा इन्टरमिडिएट–लेभल कथक नृत्यमा स्वर्णपदकधारी थिइन् ।

सुवेदीको दाहसंस्कार मङ्गलवार नै गरिने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?