© 2026
बुटवल, ६ असोज ।
रुपन्देहीका पर्यटन व्यवसायीहरूले पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
जेनजी आन्दोलनको क्रममा पर्यटन व्यवसायी लक्षित गरि भएको क्षति आकलन गरि उचित व्यवस्थापनसंगै दीर्घकालीन योजना ल्याउनुपर्ने व्यवसायीहरूले सरकारसँग आग्रह गरेको हुन । रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ अन्तरगत ट्राफिक चोक, पाल्पारोड, गोलपार्क टोलसमिति गठन कार्यक्रमको उद्घाटनको क्रममा संस्थाका सल्लाहकार बाबुराम गौतमले पर्यटन क्षेत्र नै देशको आर्थिक समृद्धिको आधार भएको दाबी गरे ।
यसैबिच टोल समितिमा अस्मिता गिरीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन भएको छ । जसको उपाध्यक्ष टिकाराम ज्ञवाली, सचिव प्रकाश खनाल, कोषाध्यक्ष भुवन सुवेदी रहेका छन् । यसैगरि सदस्यहरुमा शान्ता श्रेष्ठ, उपेन्द्र अधिकारी, कृष्ण कुँवर, गौरा खनाल र कुलचन्द्र गौतम रहेका छन् ।
यसैगरि सल्लाहकारमा बाबुराम गौतम, दिपक अर्याल, राजन कुँवर, नन्दराम भुषाल मनोनीत गरिएको कार्यक्रम संयोजक गोकर्ण रायमाझीले बताए ।