Butwal Today

देवदहकी देवीमायालाई बजाज बाइक किन्दा ५० हजार पुरस्कार

६ आश्विन २०८२, सोमबार
अ+
अ-

बुटवल, ६ असोज ।

दशै बजाज बाइक खरिद गर्ने क्रममा देवदह–१० की देवीमाया अधिकारीले (तिवारी) ५० हजार रुपैयाँ पुरस्कार हात पार्न सफल भएकी छन् ।

बुटवल कालिकानगरस्थित श्री भैरव अटोमोबाइल्स प्रालिमा बजाज पल्सर १५० सिंगल डिस्क खरिद गर्दा उनलाई लुम्बिनी प्रदेशबाट भाग्यशाली ग्राहक बन्दै पुरस्कार पाएकी हुन् । सोमबार एक समारोहका बिच श्री भैरव अटोमोबाइल्स प्रालिका म्यानेजिङ डाइरेक्टर कृष्ण बहादुर खड्काले अधिकारीलाई नगद हस्तान्तरण गरेका छन । नेपालमा बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले यस वर्षको दशैं–तिहारमा बजाज प्रिमियर लिग (मनाऔ जितको उत्सव) अफर ल्याएको छ । यसपटक कम्पनीले परम्परागत ‘स्क्र्याच कार्ड’ प्रणाली हटाएर ग्राहकलाई अनलाइन इन्टरएक्टिभ क्रिकेट गेम खेल्ने अवसरमार्फत हरेक हप्ता बाइक खरिदकर्तामध्ये एकजनालाई न्यूनतम ७ हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्म पुरस्कार पाउने व्यवस्था गरिएको उनले बताए ।

हप्ताको शीर्ष स्कोररलाई १ लाख रुपैयाँबाट पुरस्कृत गरिने उनले बताए । एक भाग्यशाली ग्राहकले आफ्नो मनपर्ने क्रिकेटरलाई प्रत्यक्ष भेट्ने दुर्लभ अवसर पाउनेछन् ।
यसै क्रममा, कम्पनीले असोज ५ देखि १० गतेसम्म देशभर नेशनल फ्रि चेकअप क्याम्प सञ्चालन गरिरहेको छ । जसमा ५० प्रतिशत लेभर चार्ज, १६ प्रतिशत ईन्जिन आयल, १० प्रतिशत स्पेयर पार्ट, १० प्रतिशत युरो ग्रिप टायरमा समेत छुट रहेको छ ।

रुपन्देही क्षेत्रमा बिक्री–वितरण गर्दै आएको श्री भैरव अटोमोबाइल्स प्रालिमा हाल करिब दुई दर्जन कर्मचारी तथा टेक्निसियन कार्यरत छन् । कम्पनीले एफआई र एबिएससहित १५ भेरियन्टका दुई पांग्रे सवारी बजारमा उपलब्ध गराएको छ । कम्पनीका अनुसार आइतबारदेखि दशैं अफर पनि सुरु भएको छ ।