© 2026
काठमान्डौ, ६ असोज ।
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आइतबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७०० रुपैयाँले बढेर २ लाख १७ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २ हजार ६५० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३ हजार ६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको महासंघले जनाएको छ ।