Butwal Today

पत्रकार दर्नाल कतारमा सम्मानित

६ आश्विन २०८२, सोमबार
अ+
अ-

कतार, ०६ असोज । 

वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा रहेका रामेछापका पत्रकार प्रकाश दर्नाल “शीतल” सम्मानित भएका छन्

तमु प्ये ल्हु सङ्घ कतारको ५औँ अधिवेशनमा  दर्नाल सम्मानित भएका हुन् । सङ्घले आयोजना गरेका हरेक सामाजिक गतिविधिमा सञ्चारको माध्यमबाट अतुलनीय योगदान पुर्‍याएको भन्दै सङ्घको ५ औ अधिवेशन तथा एघारौँ स्थापना दिवसको अवसरमा दर्नाललाई फेटा (क्रेगी) सम्मान पत्र र नगद दश हजार (नेरु) सहित सम्मानित गरिएको हो ।

सम्मान ग्रहणपछि बुटवल टुडे सँगको संवादमा 

दर्नालले सम्मानले थप जिम्मेवारी बढेको र मिहिनेत गर्न ऊर्जा मिलेको प्रतिक्रिया दिए । उनले तमु प्ये ल्हु सङ्घ कतार प्रति आभार व्यक्त गर्दै पत्रकारितामार्फत पनि समाजसँग जोडिरहने बताए ।

नेपालमा स्थानीय रेडियोमार्फत पत्रकारिताको शुभारम्भ गरेको बताउने दर्नालले कतारमा  सन् २०१९ देखि पत्रकारिता सुरु गरेका थिए । अनलाइन पोर्टल सञ्चार डबलीबाट पत्रकारिता सुरु गरेका उनी सन् २०२२ देखि निरन्तर रूपमा नेपाली जनता खबर अनलाइनमा काम गरिरहेका छन् ।

फरक फरक शैलीमा नेपाली गीत लेख्ने गरेका दर्नाल एक अब्बल सर्जक समेत हुन् । उनले लेखेका गीतहरू पनि नेपाली सांगीतिक  आकाशमा चर्चामा रहेका छन् । दर्नालका बाँच्ने आधार, पागल मान्छे, आफै रुनु पर्ने, मसानघाट लगायतका गीतहरू चर्चामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?