Butwal Today

सुनको मूल्य घट्यो

२ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २ असोज ।

आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलाको २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने सुनको मूल्य तोलामा २ लाख १६ हजार १०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर २ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य २हजार ५ सय ५० रुपैयाँ थियो ।