Butwal Today

अहिलेसम्मकै उच्च रहेको सुनको भाउ आज घट्यो

१ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १ असोज ।

सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलाको २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख १७ हजार एक सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि घटेको छ । आज चाँदी ४५ रुपैयाँले घटेर तोलाको २ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च २ हजार ५९५ रुपैयाँमा थियो ।