© २०२३
काठमान्डौ, १ असोज ।
जेनजी प्रदर्शनका कारण बन्द रहेको शेयर कारोबार बिहीबारदेखि खुल्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार केही दिनअघि शेयर बजार बन्द गरिएको थियो । अवस्था सामान्य बनेको भए पनि अनावश्यक रूपमा कारोबार रोकिएको भन्दै बोर्ड र नेप्से दुवैको आलोचना हुँदै आएको थियो ।
बोर्डले मंगलबार पुनः निर्देशन जारी गर्दै धितोपत्रको दोस्रो बजार कारोबार पूर्ववत् रूपमा सञ्चालन गर्न आदेश दिएको हो । सोही निर्णयअनुसार बिहीबारदेखि बजार नियमित हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।