ट्रेंडिंग:

>> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की

जेनजीको आन्दोलन र विकसित घटनाक्रम

३१ भाद्र २०८२, मंगलवार
३१ भाद्र २०८२, मंगलवार

आज म जेनजि आन्दोलनका घटनाहरूलाई राम्रोसँग विश्लेषण गर्दै छु । जेनजी पुस्ताका युवाहरूको आन्दोलन भ्रष्टाचार र सामाजिक संजाल माथिको प्रतिबन्ध लगायत जनअधिकार र सामाजिक न्याय परिवर्तनको लागि गरिएको एक शुद्ध र जनमुखी संर्घष हो भन्ने बुझाई सहित मेरो पनि सद्भाव रहेको थियोे ।

म सम्झन चाहन्छु जेनजीहरूले भनेका थिए– हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ, सार्वजनिक नीजि सम्पत्ति नष्ट हुने छैन । प्रहरीलाई फूल दिएर सुरु गर्ने भनिएको आन्दोलन एकाएक विध्वंसकारी कसरी भो सोचनिय विषय छ ।

भदौ २३ गते युवा विद्यार्थी र आन्दोलनकारीको भिड जब संसद भवनतिर आक्रोशित हुँदै अघि बढ्दै थियो, जतिबेला राज्य पक्षले जसरी संयमता अपनाउनु पर्ने थियो, त्यो गर्न सकेन । स्कुलले कलिला बच्चामाथि गोली चलाययो ।

बच्चाहरूको मृत्यु हुनुपुग्यो । यसले आम जनतामा ठूलै आक्रोश र बिद्रोह जन्म भयो । जसको परिणामस्वरूप जनधनको ठूलै क्षति भयो । निर्दोष मरे । सार्वजनिक सम्पत्ति र ऐतिहासिक संरचना जले । सिहंदरबार जल्यो ।

संसद भवन, सर्वोच्च अदालत जल्यो । कैदी बन्दी छुटे यो गलत भयो । हिजो निरंकुशता तानाशाह विरुद्ध लडेका बर्तमान शासक पुस्ताले यो बुझ्न सकेनन जनता किन यति दुःखित छ ? आक्रोसित छ ? सवैतिर निरासा छ ।

बहुदलीय ब्यवस्थाले जन्माएका शासकप्रति नवपुस्ताले जे बुझे सोही अनुसारको आक्रोश पोखे । यो पुस्तालाई बुझाउन नसक्नु कमजोरी थियोे । यो ब्यवस्थाका प्रतिनिधि पात्रहरूका घर जले, जलाउनु पर्ने नपर्ने सबै जले ।

हामीले ती केटाकेटीहरूलाई पृथ्वीनारायण साह पढायौ । भिमसेन थापा पढायौ । राणा शासन पढायौं, अंग्रेज युद्ध पढायौ । निकै पुराना इतिहास पढायौ तर २०४६ साल पछिको उपलब्धि, २०६२/६३ पछिको उपलब्धि, त्यसपछिको नेतृत्वले गरेका योगदान केही पढाएनौ ।

हामीले ती कलिला मगजहरूलाई यो भनिरह्यौ कि नेता दल सबै चोर हुन, भष्ट हुन, यिनीहरूलाई मार्नुपर्छ, जलाउनु पर्छ । देश यिनीहरूले मात्र लुटे सबै । हो यी नव पुस्ताहरू नेता, व्यवस्था र राज्यका संरचनाप्रति यस्ता स्कुलिङ्ग लिदै हुर्केका पुस्ता हो । सधै बाघ आयो बाघ आयो भनेर झुकाउने जनता ले आज साँच्चै बाघ आएर विध्वंस मच्चाएको छ । दोषी जनता हुन ।

अहिले कोहि नुनको ओभानो भएर उम्कन मिल्दैन । आक्रोशित जनताबाट मात्रले यी घटना भएको थिएन । घुसपैठ पनि भएकै होला । तर, अहिले जसरी विध्वंस मच्चाउने केही युवा ब्यक्तिहरूलाई मात्र दोषी देखाउँदै तस्बिरहरू सार्बजनिक गरिदै छ र आफूहरू नुनको ओभानो बन्न खोज्दै छ, यो गलत छ । यसको जिम्मेवारी सबैले लिनुपर्छ ।

जो जोले यसको अगुवाइ गरे तीनले राज्य सत्ता विरुद्धको आन्दोलन भएकोले प्रतिपक्षी दलले पनि यसको जिम्मेवारी लिनुपर्छ । जो जोले समर्थन सद्भाव गरे तीनले पनि घटनाको जिम्मेवारी लिनुपर्दछ । आन्दोलनमा सहभागी जनता र सहभागी नहुने जनता सबैले यस बिद्रोहको जिम्मेवारी लिनुपर्दछ । भस्टाचार गर्नेहरूलाई अनुसन्धान गरि कानुनी कारबाही गर्नुपर्छ ।

बिना तथ्य प्रमाण अध्ययन नगरी कयौंको घरबास ध्वस्त बनाइयो, यसको पूर्ण क्षतिपूर्ति राज्यले गर्नुपर्ने छ । राष्ट्रको नस्ट बनाइएका संरचनाको पुनर्निर्माण गर्न अब जनताका आधारभूत आवश्यकता, नयाँ विकास निर्माण, सडक भवनहरूमा खर्च नगरी यी ध्वस्त भएका संरचना बनाउन खर्च गरेर क्षतिपूर्ति गर्नुपर्ने छ ।

सँगै पुनर्निर्माणको लागि श्रमदान अभियान चलाउनुपर्ने देखिन्छ । यस बिद्रोहमा ठूलो क्षति भयो । त्यसैले अब देशलाई गृह युद्ध तिर नलैजाऔ । देशलाई नयाँदिशा दियौं । नयाँ युगको स्वरूप दिऔं । लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता संविधानको सर्बोच्चता कानुनको शासन, समाबेशिता समानुपातिकबाट पछि नहटौ ।

देशको राजनीतिक अवस्था, बढ्दो भ्रष्टाचार, बेरोजगारी युवाहरूको भविष्यप्रतिको बेवास्ता र पछाडि पारिएका समुदायप्रतिको उदासीनता लगायत कारण आम जनसमुदायलाई निरास आक्रोशित बनाइरहेको थियो ।

अहिलेको युवाहरूको बिद्रोह यसैको उपज हो भन्ने बुझेर यो घटना क्रमश भुल्ने कोसिस गरौ । अब पुनर्निर्माण, क्षतिपूर्ति, न्यायिक छानबिनसँगै भ्रष्टाचार मुक्त देश बनाऔं । युवाहरूलाई रोजगार, स्वरोजगार, शिक्षा, स्वास्थ्यथ निशुल्क जस्ता कार्यक्रम सहित अघि बढ्नुपर्ने छ ।

युवाहरूको आन्दोलनको क्रममा शहादत प्राप्त गर्नुहुने शहिद हरूप्रति उच्च सम्मान र हार्दिक श्रद्धाञ्जली ! वहाँहरूका शोकसन्तप्त परिवारजन प्रति गहिरो समबेदना ! घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना ।

देशको नयाँ पुस्ताको यस बिद्रोहबाट परिवर्तनको सुरुवात हुनुपर्दछ । जेनजी आन्दोलनबाट नयाँ विकल्प र आशाको उदय हुनुपर्छ । लोकतन्त्र र सामाजिक न्याय परिवर्तनको पक्षमा मेरो समर्थन रहिरहने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?