ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा
१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७९

मनोरञ्जनात्मक कार्यक्रमलाई विशेष प्राथमिकता

२५ मंसिर २०७९, आईतवार
२५ मंसिर २०७९, आईतवार

बुटवल, २५ मंसिर ।

रुपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा गर्न लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनीमा मनोरन्जनात्मक कार्यक्रमलाई विशेष प्राथमिकता दिइने भएको छ । “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका आगामी पुस ७ देखि बुटवलमा गर्न लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मा मनोरञ्जनात्मक कार्यक्रमहरूलाई विशेष प्राथामिकता दिइएको आयोजकले बताएका छन् ।

रूपन्देही उद्योग संघले प्रदर्शनी स्थलमा औद्योगिक वस्तुहरुको अवलोकन गर्ने प्रवन्ध मिलाउनुका साथै राष्ट्रिय÷स्थानीय कलाकारहरूलाई जमघट गराई अवलोलकन गर्न आउने दर्शकहरूलाई मनोरञ्जन प्रदान गराउने योजना वनाएको प्रदर्शनी मूल आयोजक समितिका सदस्य सचिव हरि बहादुर खत्रीले बताए ।

सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक मोहनीलाल रिजालले प्रदर्शनी अवधिभर राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुती रहने जानकारी दिए । ‘हामीले राष्ट्रिय ख्यातिप्राप्त, लोकदोहारी, आधुनिक, पप, हाँस्यव्यङग्य कलाकारदेखि जिल्लामा बसेर कलाकारितामा रमाएका सफल कलाकारहरूको जमघट गराउने योजना बनाएका छौं’ रिजालले भने, ‘प्रदर्शनीमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न कुनै कमी रहने छैन ।’

त्यसैगरी प्रदर्शनीमा लोक संस्कृतिलाई जोगाउने उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, अन्तर कलेज बक्तृत्वकला प्रतियोगिता, लोक भजन समेत राखिएको छ । लोकदोहोरी प्रतियोगितामा विजेताले ७५ हजार ५५५ रुपैया प्राप्त गर्नेछन् भने दोस्रो हुनेलाई ३७ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिने छ ।

रुपन्देही उद्योग संघले सुरुवात गरेको नयाँ कलाकार उत्पादन गर्न प्रदर्शनी आइडल प्रतियोगितालाई पनि यसपटक निरन्तरता दिने निर्णय भएको छ । प्रदर्शनी आइडलको छैटौं सिजनको विजेताले १ लाख ११ हजार १११ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कार पाउने छ । प्रदर्शनी आइडलमा विजेता बनेका कलाकार प्रिया भण्डारी, एन्जिला रेग्मी अहिले नेपाली गित संगितमा शिखरमा पुगेका छन् ।

त्यस्तै प्रदर्शनीमा नयाँ विधाका रुपमा प्रदर्शनी टिकटक हन्ट आयोजना गरिदै छ । चर्चित टिकटक कलाकारहरुलाई समावेश गरी आयोजना गरिने उक्त प्रतियोगितामा विजेताले २० हजार ५५५ प्राप्त गर्नेछन । त्यस्तै संस्कृतिको संरक्षण गर्न विभिन्न जनजातिका भेषभुषा र संस्कृति झल्किने प्रस्तुति रहने छ ।

‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराका साथ सञ्चालन हुने प्रदर्शनी पुस १९ गतेसम्म चल्नेछ । प्रदर्शनीको तयारीको कामहरु भैरहेको प्रदर्शनी मूल आयोजक समितिका सहसंयोजक दिलिप सापकोटाले जानकारी दिए । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको हो । आधुनिक प्रदर्शनी केन्द्रमा हुने प्रदर्शनीमा विभिन्न ९ प्याविलियनमा करिव ४ सय स्टलहरु समावेश गरिने प्रदर्शनी प्रबन्धक यादव प्रसाद भण्डारीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?