© २०२३
काठमाडौँ, ३० भदौ ।
नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गर्दै आफूलाई माननीय नभन्न आग्रह गरेका छन् ।
पदभार ग्रहण समारोहमा संक्षिप्त मन्तव्य दिँदै मन्त्री घिसिङले आफूहरु सम्मान खोज्न होइन सेवा गर्न आएको बताए ।
उनले देशलाई समृद्धि, स्थायित्व र सही मार्गतर्फ डोर्याउने चुनौतीपूर्ण जिम्मेवारी लिएर मन्त्रालय सम्हालेको स्पष्ट पारे ।
मन्त्री घिसिङले पछिल्लो आन्दोलनमा युवा पुस्ताले ज्यान गुमाउनु परेकोप्रति दुःख व्यक्त गर्दै उनीहरूको साहस र बलिदानले मुलुकमा परिवर्तनको जग बसाएको बताए ।
पदभार ग्रहणसँगै मन्त्री घिसिङले आफ्नो कार्यकालको पहिलो निर्णय सार्वजनिक गर्दै नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड लाइनतर्फको बक्यौता असुली प्रक्रिया सुरु गर्ने घोषणा गरे ।