Butwal Today

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

२९ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, २९ भदौ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ । आन्दोलनका क्रममा घाइते भएकामध्ये थप चार जनाको मृत्यु भएपछि संख्या बढेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार मृतकमध्ये २१ जना जेनजी युवा, ९ जना कैदी, प्रहरी सहायक निरीक्षकसहित ३ जना र सर्वसाधारण रहेका छन् । आन्दोलनका क्रममा १८ जनाको भने आगलागी वा करेन्ट लागेर ज्यान गएको छ ।

घिमिरेले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताउँदै मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । आन्दोलनमा एक जना भारतीय नागरिकको पनि मृत्यु भएको पुष्टि गरिएको छ ।