Butwal Today

जेनजी प्रदर्शन- मृत्यु हुनेको संख्या ५१ पुग्यो

२७ भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २७ भदौ ।

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार, मृतकमध्ये काठमाडौं उपत्यकासहित अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिला र ५१ जनाको मृत्यु भएको छ ।

पहिलो दिनको प्रदर्शनको क्रममा २१ जनाको मृत्यु भएको थियो । मृतकमध्ये ९ जना कैदी थिए भने बाल सुधार गृहमा रहेका पाँचजनासहित तीन प्रहरी र बाँकी अन्य व्यक्ति जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।