Butwal Today

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

२७ भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २७ भदौ ।

सुनचाँदीको मूल्य आज नयाँ रेकर्डसहित उच्चतम स्तरमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेर दुई लाख १५ हजार आठ सय रुपैयाँमा पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा दुई लाख १४ हजार सात सय रुपैयाँमा सीमित थियो ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । महासङ्घका अनुसार चाँदी एकैदिन ५० रुपैयाँले वृद्धि भई तोलाको दुई हजार पाँच सय ६५ रुपैयाँमा पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा दुई हजार पाँच सय १५ रुपैयाँ थियो ।