© 2026
काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक ११ गतेदेखि मात्र नियमित पठनपाठन सञ्चालन हुने जनाएको छ ।
आज बिहान विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय तथा जनसम्पर्क महाशाखाद्वारा जारी सूचनामा देशभर विद्यमान असामान्य परिस्थितिका कारण सो निर्णय गरिएको उल्लेख छ ।
सूचनाअनुसार, यही भदौ २९, ३०, ३१ र असोज १, २, ५ गतेका साथै कात्तिक ९ गतेसम्मका सम्पूर्ण पठनपाठन कार्य स्थगित गरिनेछ । स्थगित कक्षाहरू आगामी हिउँदे बिदाबाट कटौती गरी सन्चालन गरिने विश्वविद्यालयले जनाएको छ ।
त्रिविले सबै सम्बन्धित निकाय, क्याम्पस तथा विद्यार्थीहरूलाई पठनपाठनको तालिका अनुकूल मिलाउन आग्रह गरेको छ ।
