Butwal Today

अलपत्र परेका विदेशी नागरिकलाई उद्धारमा सहयोग गर्न नेपाली सेनाको आग्रह

२५ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमान्डौं, २५ भदौ ।

नेपाली सेनाले हालको जटिल परिस्थितिका बीच अलपत्र परेका विदेशी नागरिकहरूलाई उद्धार तथा आवश्यक सहयोग पुर्‍याउन सम्बन्धित पक्षहरूसँग समन्वय गर्न आह्वान गरेको छ ।

सेनाले आज एक सूचना प्रकाशित गर्दै विदेशी नागरिकहरूसँग प्रत्यक्ष सम्बन्ध रहेका होटल, पर्यटन व्यवसायी, तथा सम्बन्धित संघ–संस्थालाई उद्धार र सहजीकरणका लागि आवश्यक समन्वय गर्न अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ‘विद्यमान जटिल परिस्थितिका कारण अलपत्र अवस्थामा उद्धारलगायत कुनै पनि सहयोगको प्रतीक्षामा रहेका सबै विदेशी नागरिकलाई नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीसँग सम्पर्कमा ल्याइदिनुहुन सबैलाई अनुरोध गरिन्छ।’

सेनाले जिम्मेवार निकायहरूसँग सहकार्य गर्दै विदेशी नागरिकको सुरक्षामा सहयोग पुर्‍याउन सम्पूर्ण सरोकारवालासमक्ष आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?