© २०२३
काठमाडौं ।
नेपाली सेनाले असहज परिस्थितिको फायदा उठाएर काठमाडौं र भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपर मार्केट र बौद्धस्थित होटेल हायातमा लुटपाट गर्न जाने २१ जनालाई मंगलबार राति नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
जेनजीको आन्दोलनको क्रममा बिभिन्न समूहको घुसपैठका कारण सार्वजनिक निकायमा तोडफोड र जनधनको क्षति हुन थालेपछि मंगलबार राति १० बजेदेखि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी परिचालन भएको छन् ।
यो क्रममा विभिन्न स्थानमा लुटपाट गर्ने २१ जनालाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ ।