© 2026
काठमाडौं, २४ भदौ ।
बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले ओली निवासलाई निशाना बनाएका हुन् ।
सोमबार भएको जेनजी प्रदर्शनमा प्रहरी दमनका कारण १९ जनाको ज्यान गएको थियो । त्यसपछि आन्दोलन झन् चर्किँदै गएको छ ।
आज बिहानैदेखि राजधानीमा विरोध प्रदर्शन तीव्र बनेको छ । प्रदर्शनकारीहरूले शीर्ष नेताहरूका निवास र विभिन्न पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरिरहेका छन् ।