© 2026
काठमाडौं, २४ भदौ ।
नयाँ पुस्ताका युवा जेनजीको आन्दोलनलाई रोक्न गरिएको प्रहरी दमनको विरोधमा आज देशैभर विरोध प्रदर्शन भैरहेको छ ।
कर्फ्यु आदेश जारी हुँदाहुँदै पनि विभिन्न स्थानमा युवाहरू सडकमा उत्रिएका छन् । काठमाडौं उपत्यकामा चक्रपथभित्र कर्फ्यु जारी भए पनि प्रदर्शन रोकिएको छैन । उपत्यकाका तीनै जिल्लामा बिहानैदेखि युवाहरूले प्रदर्शन गरिरहेका छन् ।
ललितपुरस्थित सञ्चारमन्त्रीको घरमा आगजनी भइसकेको छ भने नयाँ बानेश्वर क्षेत्रमा सोमबार गोली चलेको ठाउँमै आज बिहानैदेखि पुनः विरोध प्रदर्शन भइरहेको छ ।
त्यस्तै, सातदोबाटो र कलंकी क्षेत्रमा पनि प्रदर्शनकारीले सडकमा टायर बालेर आन्दोलन चर्काएका छन् ।


