Butwal Today

जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको आदेश

२३ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न मातहतका सबै संघीय अस्पताललाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा ल्याइएका घाइतेको उपचारमा कुनै शुल्क नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

यससँगै मन्त्रालयले एम्बुलेन्स सेवा अझ प्रभावकारी बनाउन र आवश्यक परे विभिन्न स्थानमा सहजै उपलब्ध गराउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

साथै, काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जालमार्फत अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पतालमा लैजान सहजीकरण गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?