© २०२३
काठमाडौं, २३ भदौ ।
जेनजीको आन्दोलनका क्रममा घाइते भएका थप २० जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाउँदा घाइते भएका उनीहरूलाई तत्कालै उपचारका लागि ट्रमा सेन्टर ल्याइएको हो । ट्रमा सेन्टर प्रशासनका अनुसार घाइतेहरूको स्वास्थ्य परीक्षणसँगै उपचार प्रक्रिया जारी छ ।
त्यस्तै, अन्य दर्जनौं घाइतेको काठमाडौंस्थित सिभिल अस्पतालमा समेत उपचार भइरहेको छ । यद्यपि, उपचाररत घाइतेहरूको यकिन संख्या भने नखुलेको अस्पताल स्रोतले जनाएको छ ।
सिभिल अस्पतालमा उपचारका क्रममा एक प्रदर्शनकारीको मृत्यु भइसकेको पुष्टि गरिएको छ ।