ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

शिक्षामा सूचना तथा सञ्चार प्रविधिको भूमिका र आवश्यकता

२३ भाद्र २०८२, सोमबार
२३ भाद्र २०८२, सोमबार

आजको २१ औँ शताब्दीलाई सूचना प्रविधिको युग भनिन्छ  ।  विश्वव्यापीकरण र प्रविधिको तीव्र विकासले मानव जीवनका सबै क्षेत्रलाई प्रभावित पारेको छ । शिक्षा यसबाट अछुतो छैन । शिक्षण–सिकाइलाई प्रभावकारी, आकर्षक र गुणस्तरीय बनाउन आईसीटीको प्रयोग अनिवार्य भइसकेको छ । आईसीटी भन्नाले सूचना र सञ्चार प्रविधि बुझिन्छ ।

यसमा कम्प्युटर, इन्टरनेट, मोबाइल, मल्टिमिडिया, प्रोजेक्टर, स्मार्ट बोर्ड, ई–बुक, ई–लाइब्रेरी जस्ता उपकरण तथा प्रणाली पर्दछन् । आईसीटीले सूचना सङ्कलन, भण्डारण, प्रशोधन र सञ्चारलाई सजिलो बनाउँछ ।

आईसीटी भनेको सूचना व्यवस्थापन गर्न तथा विद्युतिय माध्यमबाट सञ्चारलाई सहयोग पु¥याउने प्रविधि हो । अर्थात आईसीटी भनेको आधुनिक प्रविधिको प्रयोग गरेर जानकारीलाई सही र प्रभावकारी तरिकाले अरूसँग साटासाट गर्ने तरिका हो ।

सूचना तथा सञ्चार प्रविधि (आईसीटी) आजको शिक्षण–सिकाइ प्रणालीको एक अनिवार्य अङ्ग बनिसकेको छ । तर यसको विकास र प्रयोग लामो समयको यात्रा हो । शिक्षा क्षेत्रमा आईसीटीको इतिहास प्रारम्भिक कम्प्युटर शिक्षणबाट लिएर आजको डिजिटल र अनलाइन शिक्षणसम्मको प्रक्रिया निरन्तर रूपान्तरण हुँदै आएको छ ।

ई.सं. १९६०–७० को दशकमा कम्प्युटर मुख्य रूपमा ठूलो आकारका र अनुसन्धान केन्द्रित थिए । यस समयमा विशिष्ट खालका स्कूल र विश्वविद्यालयमा कम्प्युटरको प्रयोग प्रायः गणित र विज्ञानको अध्ययनमा सीमित थियो ।

विद्यार्थीहरूले साधारण प्रोग्रामिङ भाषा सिकेर प्रारम्भिक स्तरको कम्प्युटिङ क्षमता विकास गर्न थाले । यसैबाट आईसीटी शिक्षामा भविष्यका लागि आधार तयार हुँदै गयो । ई.सं. १९८०–९० को दशकमा कम्प्युटरको विकाससँगै पर्सनल कम्प्युटर (पीसी) विद्यालय र घरमा पनि देखिन थाल्यो । यसले शिक्षण र सिकाइको प्रक्रियामा नयाँ दृष्टिकोण ल्यायो ।

माइक्रोसप्ट वर्ड, एक्सल, पावरपोइन्ट जस्ता सफ्टवेयर शिक्षक र विद्यार्थी दुवैका लागि उपयोगी साधन बने, जसले शैक्षिक सामग्रीको तयारी र प्रस्तुतिलाई सहज बनायो । सोही समयमा मल्टिमिडिया शिक्षा पनि सुरु भयो । मल्टिमिडियाको प्रयोगले पाठ्यक्रमलाई थप रोचक र जीवन्त बनायो, किनभने विद्यार्थीहरूले टेक्स्ट, ग्राफिक्स, ध्वनि र भिडियोमार्फत विषयवस्तु सिक्न थाले ।

यसले शिक्षा प्रणालीलाई अन्तरक्रियात्मक र सहभागीमुखी बनाउने महत्वपूर्ण योगदान पु¥यायो । ई.सं. १९९० को अन्त्यतिर इन्टरनेटको विकासले शिक्षा प्रणालीमा क्रान्ति ल्यायो । अब विद्यार्थी र शिक्षकहरूले अनलाइन कक्षा, ई–लाइब्रेरी, ई–बुक र डिजिटल जर्नल प्रयोग गर्न थाले । ईमेल, अनलाइन डस्कसन फोरम, अनलाइन कोर्स जस्ता माध्यमले शिक्षण–सिकाइलाई भौगोलिक सीमाबाट मुक्त गर्यो ।

आईसीटी अबकम्प्युटरको प्रयोग मात्र नभएर सञ्चार र ज्ञान आदान–प्रदानको माध्यम पनि बन्यो । ई.सं. २०१० पछि आईसीटी शिक्षा क्षेत्रमा पूर्ण रूपमा डिजिटल युगमा प्रवेश ग¥यो । स्मार्ट बोर्ड, मोबाइल एप्लिकेसन, क्लाउड–सर्भर, सिकाइ व्यवस्थापन प्रणाली (एलएमएस) जस्ता प्रविधिहरूले शिक्षण–सिकाइलाई अझ प्रभावकारी र पहुँचयोग्य बनायो । कोभिड – १९ महामारीले दूरी शिक्षाको महत्व अझ बढायो ।

विद्यार्थीहरूले जुम, गुगल मिट जस्ता प्लेटफर्मबाट घरमै बसेर शिक्षा प्राप्त गर्न थाले । यसले अनलाइन शिक्षाको नयाँ युग सुरु ग¥यो ।
नेपालमा पनि शिक्षा क्षेत्रमा आईसीटीको प्रयोग क्रमशः बढ्दै गएको छ ।

विद्यालय र विश्वविद्यालयहरूमा कम्प्युटर शिक्षा, स्मार्ट बोर्ड, डिजिटल कक्षा र इन्टरनेटको प्रयोग बढेको छ। “डिजिटल नेपाल फ्रेमवर्क २०१९” अन्तर्गत सरकारले शिक्षामा आईसीटी प्रवद्र्धन गर्ने नीति बनाएको छ । ग्रामीण क्षेत्रमा पनि रेडियो, टेलिभिजन र मोबाइल डेटा प्रयोग गरेर शिक्षा दिन सक्ने अभ्यास भइरहेको छ । शिक्षा मानव जीवनको आधारभूत आवश्यकता हो ।

समय र परिस्थितिसँगै शिक्षण–सिकाइको पद्धतिमा निरन्तर परिवर्तन हुँदै आएको छ । विगतमा प्रयोग हुने परम्परागत शिक्षण प्रणाली अहिले डिजिटल प्रविधि–आधारित शिक्षण प्रणालीले प्रतिस्थापन गर्दैछ । दुवै शिक्षण पद्धतिको आफ्नै विशेषता र महत्व भए तापनि तिनीहरूबीच स्पष्ट अन्तर पाइन्छ । परम्परागत शिक्षणलाई शिक्षक–केन्द्रित शिक्षण भनिन्छ ।

यसमा विद्यार्थीहरू मुख्यतः श्रोता मात्र हुने गर्छन् । किताब, कापी, बोर्ड र मार्कर नै मुख्य शिक्षण उपकरण हुने गर्दछन् । सिकाइ प्रायः याद गर्नमा केन्द्रित हुन्छ र संवाद सीमित हुन्छ । शिक्षक बोल्ने र विद्यार्थी सुन्ने शैली प्रबल हुने भएकाले विद्यार्थीहरूको सिर्जनात्मकता र सक्रियता कम हुने गर्दछ । डिजिटल शिक्षा भनेको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रयोग गरेर हुने शिक्षण हो ।

यसमा कम्प्युटर, इन्टरनेट, प्रोजेक्टर, मल्टिमिडिया, स्मार्ट बोर्ड, ई–बुक, र अनलाइन स्रोतहरूको प्रयोग हुन्छ । यस प्रकारको शिक्षा विद्यार्थी–केन्द्रित हुन्छ । जसमा विद्यार्थीले सक्रिय सहभागिता जनाउने, प्रश्न सोध्ने, अनलाइन सामग्री प्रयोग गर्ने र व्यावहारिक रूपमा सिक्ने अवसर पाउँछन् । डिजिटल शिक्षा लचिलो हुन्छ, किनभने विद्यार्थीले जुनसुकै समय र स्थान बाट सिक्न सक्छन् ।

परम्परागत शिक्षा निश्चित समय र स्थानमा मात्र सीमित हुन्छ भने डिजिटल शिक्षा इन्टरनेट उपलब्ध भएको जुनसुकै ठाउँमा पनि लिन सकिन्छ । परम्परागत शिक्षणमा मुख्य स्रोत पुस्तक र शिक्षकको ज्ञान हुन्छ भने डिजिटल शिक्षणमा ई–लाइब्रेरी, ई–बुक, अनलाइन कोर्स, र विश्वव्यापी स्रोतहरू सजिलै उपलब्ध हुन्छन् ।

परम्परागत प्रणाली परीक्षा केन्द्रित हुन्छ भने डिजिटल प्रणालीमा निरन्तर मूल्याङकन मार्फत सिकाइलाई मापन गर्न सकिन्छ । परम्परागत शिक्षा र डिजिटल शिक्षा दुवैको आफ्नै महत्व छ । परम्परागत शिक्षा मूलतः आधारभूत ज्ञान र अनुशासनमा केन्द्रित हुन्छ भने डिजिटल शिक्षा विद्यार्थीलाई सीप–आधारित, अन्तरक्रियात्मक र जीवन्त बनाउँछ ।

आजको युगमा यी दुवैलाई संयोजन गरेर संयुक्त शिक्षणको रूपमा प्रयोग गर्नु नै प्रभावकारी हुनेछ । यसरी परम्परागत शिक्षाको अनुभव र डिजिटल शिक्षाको आधुनिकताबाट शिक्षा प्रणालीलाई अझ गुणस्तरीय बनाउन सकिन्छ ।

आजको डिजिटल युगमा शिक्षामा आईसीटीको प्रयोग अपरिहार्य भइसकेको छ । आईसीटीले शिक्षा प्रणालीलाई गुणस्तरीय मात्र होइन, विश्वस्तरीय पनि बनाउँछ । आईसीटी प्रयोगले विद्यार्थीमा डिजिटल साक्षरता विकास हुन्छ, जसले उनीहरूलाई भविष्यको रोजगारी बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्छ ।

क्लाउड प्लेटफर्म, सिकाइ व्यवस्थापन प्रणाली (एलएमएस) र अनलाइन कक्षा जस्ता साधनहरूले ज्ञान आदान–प्रदानलाई सहज र पारदर्शी बनाउँछन् । आईटीमा जस्तै शिक्षा क्षेत्रमा पनि डाटा महत्त्वपूर्ण हुन्छ र आईसीटी प्रयोग गर्दा विद्यार्थीको उपस्थिती, प्रगति, कमजोरी र उपलब्धिलाई डिजिटल रूपमै परीक्षण तथा मूल्याङ्कन गर्न सकिन्छ, जसले शिक्षकलाई प्रमाणको आधारमा निर्णय लिन मद्दत पु¥याउँछ ।

साथै, आईसीटीले शिक्षालाई स्थान–निरपेक्ष बनाउँछ। जुम वा गुगल मिट प्रयोग गरेर विद्यार्थीहरूले संसारको जुनसुकै कुनामा बसेर पनि शिक्षा पाउन सक्छन्, जसले नेपालजस्ता मुलुकलाई विश्व शिक्षा प्रणालीसँग जोड्ने अवसर दिन्छ । यस्तै आईसीटी प्रयोग गर्दा लागत पनि कम हुन्छ । ई–बुक, डिजिटल नोट्स र ई–लाइब्रेरीले छापिएका पुस्तक वा सामग्रीको खर्च घटाउँछन् ।

आईटी दृष्टिले हेर्दा आईसीटीले डाटा सुरक्षा, केन्द्रीय भण्डारण र डिजिटल राईट म्यानेजमेन्ट सम्भव बनाउँछ, जसले विद्यार्थी र शिक्षक दुवैलाई सुरक्षित वातावरण प्रदान गर्छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको आईसीटी प्रयोगले विद्यार्थीलाई आलोचनात्मक चेत, समस्या समाधान, सहकार्य र सिर्जनशीलता विकास गर्न प्रेरित गर्छ, जुन आधुनिक श्रम बजारका लागि अत्यन्त आवश्यक छ ।

अन्ततः आईसीटी शिक्षा एक विकल्प होइन, एक मुख्य आवश्यकता हो । यसले शिक्षालाई तथ्यमा आधारित, विश्वव्यापी रूपमा जोडिएको, सीपमा आधारित र भविष्यप्रति तत्पर बनाउन सहयोग गर्छ । शिक्षामा आईसीटी को प्रयोग आज अत्यन्तै महत्वपूर्ण भएको छ।

आईसीटी प्रयोगले पढाइ–सिकाइलाई सरल, रोचक र प्रभावकारी बनाउँछ। विद्यार्थीहरूले कम्प्युटर, स्मार्ट बोर्ड, प्रोजेक्टर, इन्टरनेट र ई–लाइब्रेरीको माध्यमबाट कक्षा बाहिर पनि अध्ययन गर्न सक्छन्।

अनलाइन कोर्स, भिडियो लेक्चर र शिक्षण व्यवस्थापन प्रणाली प्रयोग गरेर शिक्षकले असाइनमेन्ट, मूल्याङ्कन र पृष्ठपोषण सजिलै दिन सक्छन् । आईसीटीको प्रयोगले विद्यार्थीमा डिजिटल साक्षरता, समस्या समाधान क्षमता, सिर्जनशीलता, सञ्चार र सहकार्य जस्ता महत्वपूर्ण सीप विकास गर्न सहयोग गर्छ ।

यसले विद्यार्थीलाई संसारभरका स्रोत, अनुसन्धान सामग्री र अनलाइन समुदायसँग जोड्ने सुविधा दिन्छ । आईसीटी प्रयोगले शिक्षकहरूको काम सजिलो बनाउँछ, किनभने उनीहरूले डिजिटल नोट, प्रस्तुति, अनलाइन क्विज र ई–लाइब्रेरीमार्फत पढाइ व्यवस्थित गर्न सक्छन् ।

साथै, आईसीटीले शिक्षामा दूरी शिक्षा सम्भव बनाएको छ, जसले ग्रामीण क्षेत्र वा विदेशमा रहेका विद्यार्थीलाई पनि गुणस्तरीय शिक्षा पाउने अवसर दिन्छ । यसरी आईसीटीको प्रयोगले शिक्षा प्रणालीलाई सुलभ, आधुनिक, सहभागी र जीवन्त बनाएको छ ।

हार्भट विश्वविद्यालय विश्वकै एक प्रतिष्ठित विश्वविद्यालय हो र त्यहाँ आईसीटीको प्रयोग शिक्षामा अत्यधिक आधुनिक र प्रभावकारी रूपमा गरिएको छ । विशेष गरी अनलाइन शिक्षामा आईसीटीको प्रयोगले संसारभरका विद्यार्थीहरूलाई सुविधा दिएको छ। जसले अनलाइन प्लेटफर्म प्रयोग गर्छ, जहाँ विद्यार्थीहरूले कम्प्युटर विज्ञान, बिजनेस, स्वास्थ्य, मानविकी लगायतका विधाहरू अनलाइन पढ्न सक्छन् ।

यसमा रेकर्ड गरिएका व्याख्यानहरू, लघु–परीक्षण, छलफल मञ्च र कार्यभार अनलाइन उपलब्ध हुन्छन् । त्यसैगरी, हर्भटले क्याभा शिक्षण व्यवस्थापन प्रणाली प्रयोग गरेर कोर्स सामग्री, असाइनमेन्ट, मूल्याङ्कन र पृष्ठपोषणलाई डिजिटल रूपमा व्यवस्थित गरेको छ ।

विद्यार्थीहरूले जुम वा गुगल मिट मार्फत अनलाइन कक्षामा सहभागी हुन सक्छन् र सामुहिक कार्य र सहकार्य गर्न सक्छन् । आइसिटीको प्रयोगले विद्यार्थीलाई दूरी शिक्षा सम्भव बनाएको छ, जसले संसारभरका विद्यार्थीलाई हार्भटका पाठ्यक्रममा पहुँच दिन्छ । विद्यार्थीहरूले डिजिटल लाइब्रेरी, ई–जर्नल र उच्च क्षमताको कम्प्युटर प्रणाली प्रयोग गरेर अनुसन्धान गर्न सक्छन् ।

यसरी हार्भट विशेषज्ञहरू विश्वविद्यालयले आईसीटीको माध्यमबाट शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय, लचिलो र प्रभावकारी बनाएको छ । नेपालमा नेपाल खुला विश्वविद्यालय देशको पहिलो खुला र अनलाइन शिक्षा दिने विश्वविद्यालय हो ।

यसले आईसीटी (सूचना तथा सञ्चार प्रविधि) लाई शिक्षाको मुख्य आधार बनाएको छ। नेपाल खुला विश्वविद्यालयमा विद्यार्थीहरूले कक्षामा उपस्थित नभई पनि अनलाइन माध्यमबाट पढ्न सक्छन् । यसका लागि नमुना जस्ता शिक्षण व्यवस्थापन प्रणालीको प्रयोग गरिन्छ, जहाँ विद्यार्थीले कोर्स सामग्री, असाइनमेन्ट, लघु परीक्षण र मूल्याङ्कनमा सजिलै पहुँच गर्न सक्छन् । शिक्षकसँग प्रत्यक्ष संवाद गर्न सक्छन् ।

नेपाल खुला विश्वविद्यालयमा ई–लाइब्रेरी, डिजिटल नोट्स र रेकर्डेड लेक्चर उपलब्ध छन्, जसले विद्यार्थीलाई समय र स्थानको बाधा बिना पढ्न मद्दत गर्छ। यसरी आईसीटीको प्रयोगले दूरी शिक्षा सम्भव भएको छ ।जसले नेपालभर र विदेशमा रहेका विद्यार्थीलाई पनि गुणस्तरीय शिक्षा पाउने अवसर दिएको छ ।

आईसीटी प्रयोगले नेपाल खुला विश्वविद्यालयमा विद्यार्थी र शिक्षक दुवैको काम सजिलो बनाएको छ । शिक्षकहरूले डिजिटल सामग्री तयार गरेर सजिलै वितरण गर्न सक्छन्, विद्यार्थीहरूले अनलाइन माध्यमबाट सिकाइ र अभ्यास गर्न सक्छन् । यसले शिक्षालाई सुलभ, आधुनिक, सहभागी र प्रभावकारी बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?