ट्रेंडिंग:

>> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित

कर्मचारी संगठनले भन्यो–‘एमालेले नेतृत्व नगरे मुलुकमा अस्थिरता’

२३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर २०७९, शुक्रबार

बुटवल, २३ मंसिर ।

नेपाल निजामती कर्मचारी संगठनले एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने चेतावनी दिएको छ । संघीय संसदमा दोस्रो ठूलो दल बनेपनि सरकार निर्माणका लागि अग्रसर हुन संगठनले एमालेलाई सुझाव दिएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा मुलुकलाई आर्थिकरुपले टाट पल्टिनबाट जोगाउन र थप अस्थिरता हुन नदिन एमालेले नेतृत्वको लागि पहलकदमी लिनुपर्ने बताए । “कतिपय नेताले निर्वाचनको जनादेशका आधारमा एमाले प्रतिपक्षीको भूमिकामा बस्ने भनेर पनि तर्क गरेका छन्, त्यसो हो भने अहिलेको सरकारको नेतृत्व ९३ जना सांसद भएको दललाई प्रतिपक्षमा रखेर ६३ जना सांसद भएको दलले किन ग¥यो ?”काँग्रेसप्रति लक्षित गर्दै उनले भने–“बहुमत कसैको नआएकाले दोस्रो ठूलो दलको हैसियतले अन्य राजनीतिक दललाई पनि सहमतिमा ल्याएर एमालेले सरकारको नेतृत्व गर्नुपर्छ ।”

रुपन्देहीबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष कोइरालाले एमाले र माओवादी एकीकरण भई बनेको नेकपा फुट्दा र पछिल्लो समय एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका कारण पनि निर्वाचनमा ठूलो मूल्य चुकाउनुपरेको भन्दै फेरि एकताको लागि पहल गर्न आग्रह गरे ।

एकताका लागि एमाले, माओवादी, समाजवादी सबैले मेरो गोरुको बाह्रै टक्का नभनी सहमतिको बिन्दु पहिल्याउनुपर्ने उनको जोड छ । “मेरो गोरुको बाह्रै टक्का भनेर एकता हुँदैन, सहमतिको मिलनबिन्दु खोज्नुहोस् र एकता गरी सरकार निर्माण गरेर मुलुकलाई स्थिरता दिनुहोस्”–उनले भने ।

उनले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरी एकताको लागि पहलकदमी लिन आग्रह गरेको पनि बताए । उनले फुटको सामान्य असर कर्मचारी संगठनमा पनि परेको भन्दै आ–आफ्नो हठ र जिद्धी छाडेर अघि बढ्ने हो भने एकता फेरि पनि सम्भव रहेको जिकिर गरे । “मुलुकलाई विकास र स्थिरताको बाटोमा डो¥याउनका लागि पनि अव बामपन्थी शक्ति मिल्नुपर्छ”–उनले भने ।

अध्यक्ष कोइरालाले संघीय संसदले पाँच वर्षे कार्यकाल पूरा गर्दा पनि एउट संघीय निजामती ऐन ल्याउन नसकेको भन्दै अवको संसदले छिटै ऐन ल्याउने विश्वास व्यक्त गरे । “संघीय संसदले पाँच वर्षे कार्यकाल व्यतित ग¥यो, तर एउटा संघीय निजामती ऐन ल्याउन सकेन, प्रदेश संसदहरुले पनि ऐन ल्याउन सकेनन्”–उनले भने–“कर्मचारीहरुको एउटै माग छ, संघीय र प्रदेश निजामती ऐन तत्काल ल्याइयोस् र कर्मचारीहरुको वृत्ति विकासमा देखिएका विद्यमान समस्या हल गरियोस् ।”

त्यस अवसरमा एमाले पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा सदस्य लिला गिरीले विगतका कामहरुको समीक्षा गर्दै र कमीकमजोरी सुधार गर्दै आगामी कार्यभार पूरा गर्नेतर्फ सबै लाग्नुपर्ने बताए । उनले प्रदेशको राजधानी रातारात सार्नु गलत भएको भन्दै पूर्वाधार निर्माण भएपछि मात्र राजधानी लैजाने कुरामा आफूहरुको विमती नरहेको बताए ।

एमाले केन्द्रीय सदस्य प्रदेशसभा सदस्य भूमिश्वर ढकालले निर्वाचनको दौरानमा कर्मचारीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि पार्टी, सरकार र कर्मचारीबीचको समन्वयबाट धेरै काम गर्न सकिने बताए ।

प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले सुशासन कायम गर्ने कुरामा कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै अव हरेक कार्यालय भ्रष्टाचारको. अखडा होइन, सुशासनको अखडाका रुपमा चिनाउने गरी काम गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज नारायणप्रसाद भण्डारी, रुपन्देही अध्यक्ष प्रेम खनाल, उपाध्यक्ष थानेश्वर बस्याल, सचिव जीवन पौडेललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?