ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

रात्रीकालीन व्यवसाय सञ्चालनमा सरकारले रोक्दैनः गृहमन्त्री

२३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर २०७९, शुक्रबार

भैरहवा, २३ मंसिर ।

गृहमन्त्री बालकृष्ण खाँणले सरकारले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि अनुमति दिएको बताएका छन् । नेपालमा रात्रीकालिन बजारको खासै प्रचलन नभए पनि पर्यटन व्यवसायको प्रवद्र्धनका लागि २४ घण्टा बजार सञ्चालनको अवधारणा ल्याइएको उनले बताए ।

शुक्रबारदेखि भैरहवामा सुरु भएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ (पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला)को उदघाटन गर्दै गृहमन्त्री खाँणले अनुमति लिएर तोकिएको मापदण्ड पूरा गरेपछि २४ सैं घण्टा व्यवसाय सञ्चालन गर्न पाइने बताए । उनले रुपन्देहीमा हालसम्म १० वटा रेष्टुरेण्टले २४ घण्टा व्यवसाय सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको पनि बताए । ‘राती १२ बजेसम्म पसल सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाउँदैन’ उनले भने, ‘आर्थिक गतिशिलतालाई मध्यनजर गर्दै १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिनका लागि सरकार लचिलो छ ।’ राज्यको मेरुदण्डका रुपमा रहेका उद्योगी व्यवसायीले व्यहोर्नुपरेका समस्या समाधान गर्न सरकार गम्भीर रहेको पनि उनले बताए । उनले अब बन्ने सरकारले नेपालका उद्योगी व्यवसायीले व्यहोर्नुपरेका समस्या समाधानका लागि गम्भिरतापूर्वक अघि बढ्ने बताए ।

निर्वाचनको परिणामलाई बढो सहजताका साथ लिनुपर्ने उनको भनाई थियो । निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्वक सम्पन्न गराउन सहयोग गर्ने मतदाता, उम्मेदवार, राजनीतिक दल, निर्वाचन आयोग, प्रशासन, सुरक्षाकर्मी सबैलाई उनले धन्यवाद दिए । उनले आफू प्रतिनिधिसभामा नभए पनि यस क्षेत्रको विकासका लागि निरन्तर अगाडि बढ्ने बताए ।

उनले मेला महोत्सवका निम्ति मण्डप निर्माणका लागि आवश्यक जग्गा खोजीका लागि सिद्धार्थनगर नगरपालिकालाई आग्रह गर्दै मण्डप निर्माणका लागि केन्द्रीय सरकारले बजेट व्यवस्थापन गर्ने बताए । उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आम नागरिकको जीवनमा परिवर्तन ल्याउने गरी सरकार अघि बढ्ने बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले मुलुकको समृद्धिका लागि पर्यटन, कृषि र उद्योगको विकास आवश्यक रहेकोमा जोड दिए । उनले उद्योगी व्यवसायीले आन्दोलन नभइ उद्योग व्यवसाय सञ्चालनमा देखिएको समस्याबारे सरकारलाई ध्यानाकर्षण गराएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले निजी क्षेत्रको समस्या समाधानका लागि राजनीतिक दलको सहकार्य आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले अबको समय आर्थिक विकासको समय भएको बताए । उनले सरकारसँगै राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको बताए । अध्यक्ष शर्माले मण्डप÷प्रदर्शनीस्थल आवश्यक रहेकोमा जोड दिए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले आगामी बन्ने सरकारले उद्योगी व्यवसायीको समस्या समाधान गर्न केन्द्रित हुनुपर्ने बताए । उनले उपयुक्त प्रदर्शनीस्थलको अभावका कारण मेला महोत्सव सञ्चालन गर्न अस्थायी संरचनामा रकम खर्चिनुपरेको बताए । उनले भने, ‘पर्यटन क्षेत्रमा अपार सम्भावना देखेर निजी क्षेत्रले अरबौं लगानी गरे पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्दा लगानी धरापमा परेको छ, छिटो भन्दा छिटो विश्वभरी सिधा उडानका लागि आवश्यक कदम चाल्नुपर्छ ।’ सरकारले पूँजीगत खर्च गर्न नसक्दा समस्या उत्पन्न भएको उनको भनाइ थियो ।

नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले चर्को बैंक ब्याजदरका कारण निजी क्षेत्र समस्यामा परेको बताए । उनले विभिन्न उद्योग बन्द भएको बताए । ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयकी प्रमुख शान्ति सुवेदीले दैनिक जीवनमा अध्यात्मवाद आवश्यक रहेको बताइन् ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले सरकारले उद्योगी व्यवसायीको समस्या गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले भैरहवा मण्डप राजनीतिक दलको चुनावी एजेण्डा बने पनि हालसम्म निर्माण हुन नसकेको बताए ।

‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा सुरु भएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ आगामी पुस ४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका र लुम्बिनी विकास कोष तथा प्रवद्र्धकमा नेपाल पर्यटक बोर्ड काठमाडौं र पर्यटन विकास परिषद लुम्बिनी प्रदेश रहेका छन् ।

कृषि, पर्यटन, औद्योगिक एवं व्यापार र कला–संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा २ सय ५० वटा स्टल रहेको स्टल व्यवस्थापन समिति संयोजक तथा संघका उपाध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । महोत्सव करिब ३ लाख दर्शकले अवलोकन गर्ने संघको अपेक्षा छ ।

१० करोड करोबार हुने अपेक्षा गरिएको महोत्सवले कोरोनाले थला परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने महोत्सवका प्रचारप्रसार समिति संयोजक कृष्ण प्रसाद घिमिरेले बताए । महोत्सव उद्घाटन अघि भैरहवाको देवकोटाचोकदेखि बाजागाजासहित ¥याली निकालिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?