© २०२३
काठमाडौं , २० भदौ ।
सामाजिक सञ्जाल एक्सले नेपालमा दर्ता गर्न आवश्यक कागजातबारे विवरण मागेको छ ।
शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई इमेल पठाउँदै दर्ताका लागि आवश्यक कागजातबारे जानकारी मागेको हो ।
मन्त्रालयका प्रवक्ताका अनुसार, “दर्ताका लागि के के कागजात चाहिन्छ भन्दै एक्स सम्पर्कमा आएको छ। हामीले त्यसबारे आवश्यक जानकारी पठाइसकेका छौँ,” भनेका छन् ।
सरकारले दर्ता नभएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाएसँगै यस विषयमा समर्थन र विरोध दुवै प्रकारका बहस चलिरहेका छन् ।