Butwal Today

सामाजिक सञ्जाल बन्दपछि संसद् लाइभ प्रभावित हुने

२० भाद्र २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौँ, २० भदौ ।

सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै सङ्घीय संसद्को प्रत्यक्ष प्रसारण (लाइभ) प्रभावित हुने भएको छ ।

सभामुख देवराज घिमिरेले संसद् सचिवालयलाई प्रसारण र सूचना प्रवाहका वैकल्पिक माध्यमको व्यवस्था गर्न निर्देशन दिएका छन् । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार निर्णय कार्यान्वयन भएपछि संसद्को बैठक प्रत्यक्ष प्रसारण र भिडियो आर्काइभमा असर पर्न सक्ने देखिएको छ ।

सङ्घीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरू प्रत्यक्ष प्रसारण हुँदै आएका छन् । साथै, सांसदहरूले बोलेका भिडियो युट्युबमा पनि अपलोड हुँदै आएका छन् । आगामी २५ भदौमा प्रतिनिधि सभाको बैठक र २३ भदौमा राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?