© २०२३
काठमाण्डौ, २० भदौ ।
सरकारको निर्देशनअनुसार इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ ।
वर्ल्ड लिंकले शुक्रबार बिहान जारी गरेको नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार यस्तो निर्णय गरिएकोजनाएको छ । “नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय तथा सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू नियमन गर्न हाम्रो कम्पनीलाई निर्देशन दिएको छ। यसअनुसार वर्ल्ड लिंकको इन्टरनेट सेवामार्फत यी प्लेटफर्महरूको अब प्रयोग गर्न नसकिने जानकारी गराउँछौँ ।” सूचनामा उल्लेख छ ।
वर्ल्ड लिंकले यस निर्णयका कारण पाठक वर्गमा परेको असुविधाप्रति क्षमायाचना गरेको पनि सूचनामा उल्लेख गरिएको छ ।
