© २०२३
काठमाण्डौ, २० भदौ ।
अमेरिकाले देशनिकाला डीपोर्ट गरेका थप १९ जना नेपाली हिजो साँझ काठमाडौं आएका छन् । डीपोर्ट भई स्वदेश फर्किनेमध्ये दुई महिला र १७ पुरुष रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले उनीहरूको आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा सोधपुछका लागि नेपाल प्रहरीले जिम्मा लिएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए ।
यसअघि विभिन्न चरणमा अमेरिकाबाट दुई सय १५ जना नेपाली डीपोर्ट भई नेपाल फर्किसकेका छन् ।