ट्रेंडिंग:

>> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च

आर्थिक अनियमिततामा फस्दै एनआरएनए पोर्चुगल

२० भाद्र २०८२, शुक्रबार
२० भाद्र २०८२, शुक्रबार

काठमाडौँ, २० भदौ । 

विभाजनले थलिएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगल आर्थिक अनियमितताका कारण थप बदनाम बन्दै गएको छ ।

एकताको नवौँ महाधिवेशन भव्य रूपमा सम्पन्न गरेको सङ्घ दसौँ महाधिवेशन सम्पन्न गर्दा तीन चिरामा विभाजन भएको छ । हाल दीपा काफ्ले, बमबहादुर जिसी र सुजन लामाले अध्यक्षमा निर्वाचित भएको दाबी गरेका छन् ।

दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भए पनि सङ्घभित्रको अनियमितताको विषय भने अझै टुङ्गिएको छैन । दुई वर्षअघि नवौँ महाधिवेशनबाट उमेश खड्का र दीपा काफ्ले एक-एक वर्ष अध्यक्षता गर्ने गरी निर्वाचित भएको थिए । तर एक वर्षपछि उमेश खड्काले अध्यक्ष छाड्न नमान्ने र दीपा काफ्ले जसरी पनि अध्यक्ष बन्ने होडबाजीले आर्थिक हिनामिनाको पाटो ओझेलमा पर्‍यो ।

उक्त समितिले सुरुवाती तीन महिना राम्रा काम गरे पनि दुई जनाको द्वन्द्वले बाँकी समय सङ्घले काम नै सकेन । निर्वाचित भएको एक वर्षपछि काफलेले संस्थापक अध्यक्ष पूर्ण हमालको उपस्थितिमा एक भेला आयोजना गरी आफू अध्यक्ष भएको घोषणा गरिन् । गतिविधिहरू पनि सोही अनुरूप गर्दै गइन् । तर, खड्का समूहले कब्जा जमाएको सङ्घको कार्यालय र हिसाबकिताबमा काफ्ले समूहले न पहुँच पुर्‍याउन सक्यो, न आवाज उठाउन नै । काफ्ले समूहको यही कमजोर प्रस्तुतिका कारण खडका समूहले आर्थिक अनियमितताको मौका पाए ।

सङ्घको आम्दानीको रूपमा अघिल्लो कार्यसमिति (सन् २०२१-२०२३) ले करिब ३० हजार १७८ युरो उमेश खड्काको नेतृत्वलाई बुझाएको थियो । त्यसबिचमा सङ्घलाई केही आर्थिक सहयोगहरू प्राप्त भएका थिए । त्यसै गरी पहिलो वर्षको अन्त्यतिर सङ्घले नेपाल-पोर्चुगल दर्पण स्मारिका प्रकाशन गर्‍यो ।

यसका संयोजक आइसिसी सदस्य राजकुमार थापा थिए। सबै रङ्गिन पृष्ठमा प्रकाशन गरेको उक्त स्मारिकामा ५० भन्दा बढी विज्ञापन तथा शुभकामनाहरू प्रकाशन भएका थिए । प्रकाशन पूर्व सङ्घले तोकेको विज्ञापन तथा शुभकामनाहरू शुल्क दर हेर्ने हो भने २५ हजार युरोभन्दा बढी रकम सङ्कलन भएको हुनु पर्छ । यसरी हिसाब गर्ने हो भने यो कार्यकालभरि सङ्घलाई ५५ हजारभन्दा बढी रकम आम्दानी भएको हुनु पर्ने हो । यसमा विपद् व्यवस्थापनका लागि भएका आम्दानी समावेश गर्ने हो भने त्योभन्दा धेरै हुन आउँछ ।

सोचेजस्तो काम नै गर्न नसकेको सङ्घको आर्थिक स्रोत बलियो हुँदा खर्च गर्ने क्षेत्र खासै थिएन । गतिविधि शून्य हुँदा उक्त रकम व्यक्तिगत खर्चमा प्रयोग भएको बैङ्क विवरणबाट प्रस्ट हुन्छ । तत्कालीन सचिव सुरज विष्टको खातामा मात्रै सङ्घको खाताबाट एकमुष्ट पाँच हजार युरो स्थानान्तरण भएको छ । “यसरी सङ्घको खाताबाट पदाधिकारीको खातामा एकै पटक धेरै रकम स्थानान्तरण गरिनु शङ्कास्पद देखिन्छ,” एक सदस्यले भने ।

त्यसो त फ्रान्सस्थित नेपाली राजदूतावासले लिस्बनमा आयोजना गरेको कागज प्रमाणीकरण शिविरमा उमेश खड्काको समूहले हस्तक्षेप नै गरेर अनियमितता गरेको थियो । नियमित रूपमा हुने सर्वसाधारणहरूको कामलाई आफूनिकट आउन बाध्य पार्ने र थप रकम असुल गर्ने गरेका थिए । तत्कालीन कोषाध्यक्ष राजु डुम्रेले मात्रै एक पटकमा ५६ जना सूची बुझाएर आफ्नो काम फत्ते गरेका थिए ।

आर्थिक अनियमितता लुकाउन तत्कालीन अध्यक्ष उमेश खड्काले वार्षिक साधारण सभा नै गर्न चाहेनन् ।  उनको निर्णयमा आइसिसी सदस्य राजकुमार थापा, तत्कालीन सचिव द्वय प्रकाश गजमेर, सुरज विष्ट, सदस्य हेमबहादुर गुरुङलगायतको बलियो साथ थियो भने अन्य पदाधिकारी तथा सदस्यहरूको मौन समर्थन थियो । आइसिसी सदस्य थापा त खड्का र काफ्लेको कार्यकाल बाँड्ने सहमतिको योजनाकार र सहमति पत्रमा हस्ताक्षर गर्नेमध्ये एक हुन् । तर खड्कालाई आफू अनुकूल प्रयोग गर्न सक्ने भएकाले सहमति कार्यान्वयन गराउन पछि हटेका थिए ।

आर्थिक अनियमिततामा दीपा काफ्ले समूह मौन हुँदा अनियमिततामा उनीहरूको पनि संलग्नता रहन सक्ने आशङ्का गर्न सकिने ती सदस्यले बताए । दसौँ राष्ट्रिय महाधिवेशनमा दुवै समूहले आर्थिक विवरण कपोलकल्पित मात्रै प्रस्तुत गरेका थिए ।

परदेशमा बसेर नेपालीहरूका लागि नेपाली नै भन्ने उद्देश्य बोकेर स्थापना भएका यस्ता नेपाली संस्थाहरू पटक-पटक नेतृत्वको कार्यशैलीले बदनाम हुँदै गएको छ ।

“यसका लागि सही नेतृत्व छनौट नगर्ने हो विदेशीले हामीलाई हेर्ने नजर पनि गलत बन्दै जाने छ,” ती सदस्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?