© 2026
काठमाडौं, २० भदौ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ भने विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार, दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ । राति कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै, कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिण छ ।