Butwal Today

दाङमा लागू औषध ब्राउन सुगरसहित दाजुभाइ पक्राउ 

१९ भाद्र २०८२, बिहीबार
अ+
अ-

दाङ,१९ भदौ । 

लागु औषध ब्राउन सुगरसहित प्रहरीले घोराहीबाट दुई दाजुभाइलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँका २१ वर्षीय पुस्कर घर्ती र उनका दाजु २७ वर्षीय कमल घर्ती छन् । शङ्कास्पद अवस्थामा हिँडिरहेका पुस्करलाई वडा प्रहरी कार्यालय घोराहीबाट गएको प्रहरी निरीक्षक सुरज सिंहको नेतृत्वमा गएको टोलीले पक्राउ गरी खान तलासी गर्दा उनीबाट १ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर फेला परेको जनाएको छ ।

उनीहरूको डेरामा जाँदा दाजु कमलले समेत ब्राउन सुगर पोको पार्दै गरेको अवस्थामा फेला पारी दुवै जनाबाट ६ ग्राम ८ सय ६० ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।