Butwal Today

एमाले नेता कर्ण थापाद्वारा पार्टीमा फरक मत दर्ता गर्ने तयारी

१९ भाद्र २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं, १९ भदौ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीका विभिन्न निर्णयप्रति असहमति जनाउँदै फरक मत दर्ता गर्ने तयारी गरेका छन् ।

थापाले आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पुगेर आफ्नो मत दर्ता गराउने बताइएको छ । “पार्टीका निर्णयहरू, हालका घटनाक्रम र जनताको बहुदलीय जनवाद रक्षासम्बन्धी विषयमा आफ्ना धारणा फरक मतका रूपमा दर्ता गर्न लागिरहेको छु,” उनले भने ।

उनले पार्टी विधान संशोधन मस्यौदाबाट हटाइएको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको प्रावधानबारे पनि छलफल आवश्यक रहेको बताए ।

त्यसैगरी पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि कारबाही गरिएको विषयलाई समेत आफ्नो फरक मतमा समेट्ने र वाम एकताबारे अध्ययन गर्नुपर्ने माग राख्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?