Butwal Today

आईजीपी खापुङले पाए दर्ज्यानी चिह्न

१९ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमान्डौँ, १९ भदौ ।

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

बिहीबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई आइजीपीको दज्र्यानी चिन्ह लगाइदिएका हुन्। । यही भदौ १३ मा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

दज्र्यानी चिह्न सुशोभन कार्यक्रममा नवनियुक्त आईजीपी खापुङले देश र संगठनका लागि आफु समर्पित हुने बताए । उनले सकेको राम्रो गर्ने, तर नराम्रो नगर्ने उल्लेख गरेका छन ।

प्रहरीमा रहेर संगठन बिपरितको कार्य गर्नेलाई दवाव र प्रभावमा संरक्षण नभइ कारवाहीको दायरमा ल्याएर अन्यलाई सबक सिकाउन सके संगठनको मान कायम रहने उनको भनाइ छ ।

त्यस्तै गृहसचिव गोकर्णमणि दुवाडीले सरकारले राखेको अपेक्षा प्रहरी संगठनले पुरा गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । शान्ति, सुरक्षाका साथै सुशासन कायम गर्न प्रहरीको अहम भूमिका रहेकाले सवै नागरिकलाई सुरक्षित महशुस गराउनु सवैको कर्तव्य भएको उनले उल्लेख गरे ।

खापुङले २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?