ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

अटो ब्यवसायीमैत्री नीति ल्याउन माग

२२ मंसिर २०७९, बिहीबार
२२ मंसिर २०७९, बिहीबार

बुटवल, २२ मंसिर ।

अटो ब्यवसायमा आवद्ध देशभरका ब्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । ब्यावसायिक हित विपरित नेपाल राष्ट्र बैकको नीतिको बिरोध गर्दै ब्यवसायीहरु आन्दोलित भएका हुन् । लुम्बिनी अटो मोवाइल्स एशोसिएशन नेपाल (नाडा लुम्बिनी) ले पनि आन्दोलनका कार्यक्रमलाई निन्तरता दिएको छ ।

नाडा लुम्बिनीका ब्यवसायीहरुले ज्ञापनपत्र बुझाउनेदेखि शान्तिपूर्ण धर्नाका कार्यक्रमहरु गरिरहेका छन् । विहीबार बुटवल बसपार्कमा प्लेकार्ड प्रदर्शनसहितको शान्तिपूर्ण विरोध कार्यक्रम गरेका छन् । अटो व्यवसायीहरुको दबाबपछि सवारी साधनहरुको आयात खुले पनि अझै धेरै जटिलताहरु रहेको सहभागीहरुले दुःखेसो गरे ।

राष्ट्र बैंकको नीतिका कारण सवारीसाधनको बिक्री वितरण गर्ने वातावरण नभएको उनीहरुले बताए । नाडा लुम्बिनी अध्यक्ष गणेश भट्टराइले अटो व्यवसायीका मागहरु सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने बताए । सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन विभिन्न चरणमा आन्दोलन गरिरहेको उनले बताए ।

सवारी आयात गर्न खुला भएपनि एलसीमार्फत गाडी आयात गर्दा ५० प्रतिशत नगद मार्जिन कायम रहेको भन्दै यो प्रावधान हटाउनुपर्ने उनले बताए । गाडी आयातमा ५० प्रतिशत मार्जिन, ५० प्रतिशत मात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्था अटो व्यवसायीहरुको हित बिपरित भएको भन्दै मार्जिनलाई पुरानै अवस्थामा ल्याउनुपर्ने र ८० प्रतिशत फाइनान्सिङ गर्न बनाउनुपर्ने माग ब्यवसायीहरुको रहेको उनले बताए । नाडा लुम्बिनीका पदाधिकारीहरुले यसअघि नेपाल राष्ट्र बैङ्क भैरहवामा ज्ञापनपत्र समेत बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?