© २०२३
काठमाडौँ, १८ भदौ ।
सुनको भाउले आज फेरि नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत भदौ १३ गते शुक्रबार पहिलो पटक दुई लाख नाघेको सुनको भाउ त्यसयता निरन्तर उकालो लागेको छ । हिजो तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँमा पुगेको सुन आज थप महँगिएको हो । त्यसअघि अस्ति सुन तोलाको दुई लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने आज घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी अहिलेसम्मकै उच्च दुई हजार चार सय ८५ रुपैयाँ पुगेको थियो ।