Butwal Today

सुनको मूल्यमा लगातार ‘रेकर्ड ब्रेक’, तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

१७ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौ, १७ भदौ ।

सुनचाँदीको भाउले लगातार नयाँ कीर्तिमान कायम गर्दै आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार, हिजो सुनको भाउ दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो भने, अस्ति पनि सुनको भाउ तोलाको दुई लाख तीन हजार छ सय रुपैयाँ कायम गरी नयाँ रेकर्ड बनाइएको थियो ।

त्यस्तै, चाँदीको भाउले पनि आज नयाँ कीर्तिमान कायम गरेको छ । महासङ्घका अनुसार, चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर दुई हजार चार सय ८५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार चार सय ७० रुपैयाँ रहेको थियो ।