ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, ६२२ को मृत्यु

१६ भाद्र २०८२, सोमबार
१६ भाद्र २०८२, सोमबार

काठमाडौँ ।

अफगानिस्तानमा गएको ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण हालसम्म मृत्यु हुनेको संख्या ६२२ पुगेको छ भने  १,५०० भन्दा बढी घाइते भएका छन् ।

भूकम्पले विशेषगरी पूर्वी प्रान्त कुनार र नंगरहारमा ठूलो क्षति पु¥याएको छ ।  कुनारमा मात्र ६१० जनाको ज्यान गएको छ भने नंगरहारमा १२ जनाको मृत्यु पुष्टि भएको छ। कुनारका तीनवटा गाउँहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।

भूकम्पको केन्द्र जलालावाद शहरदेखि २७ किलोमिटर टाढा, १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । मध्यरातमा आएको यो कम्पनको असर पाकिस्तानको राजधानी इस्लामावादसम्म झण्डै ४०० किलोमिटर टाढासम्म महसुस गरिएको थियो ।

प्रभावित क्षेत्रहरूमा माटो र ढुंगाले बनेका ग्रामीण बस्तीहरू व्यापक रूपमा क्षतिग्रस्त भएका छन् । सञ्चारमाध्यमहरूमा आएका भिडिओ फुटेजहरूमा हेलिकोप्टरमार्फत उद्धार भइरहेको देखिन्छ ।

भग्नावशेषमा हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

अफगानिस्तानको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल मतेन क्वानीका अनुसार सुरक्षा, स्वास्थ्य सेवा र खाद्य सामग्रीको वितरणका लागि सबै उपलब्ध उद्धार टोलीहरू परिचालन गरिएका छन् ।

गृहयुद्ध, गरिबी र अन्तर्राष्ट्रिय सहायता अभावको चपेटामा रहेको अफगानिस्तानमा आएको यो विपत्तिले मानवीय संकट झनै गहिरो बनाएको छ ।

पछिल्लो पटक सन् २०२२ मा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा करिब एक हजार जनाको मृत्यु भएको थियो । त्यसयताकै ठूलो भूकम्प यही हो ।

सरकारी तथा गैरसरकारी निकायहरूले संयुक्त रूपमा राहत र पुनःस्थापनाको प्रयास तीव्र पारेका छन् । भूकम्प र बाढीको दोहोरो मार खेपिरहने अफगानिस्तानका ग्रामीण क्षेत्रमा उद्धारकर्ताहरूले अझै चुनौतीपूर्ण अवस्था भोगिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?