© 2026
बुटवल ।
निष्ठा बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको सियारी गाउँपालिकाको वडा नम्बर ४,५,६, ७ र शुद्वोधन गाउँपालिका वडा नम्बर ७ लाई कार्य क्षेत्र बनाएको सो सहकारीको १६ औँ साधारणसभा शनिबार सम्पन्न भएको हो ।
उक्त साधारणसभामा बोल्दै नेपाल बचत तथा सहकारी संघका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीले अनुपात्पादक क्षेत्रमा लगानी गर्दा सहकारीमा समस्या देखिएको बताए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका सहकारीहरु समस्यामा नपरेको बताए । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष लालबहादुर बस्नेतले पछिल्लो समय केही सहकारीमा समस्या देखिए पनि निष्ठा बचत तथा ऋण सहकारीमा कुनै पनि समस्या नरहेको बताए ।
साथै उनले सहकारीमा निर्धक भएर बचत गर्नका लागि समेत सबै बचत कर्ताहरुलाई आग्रह गरे । साथै अध्यक्ष बस्नेतले सहकारीको कुल पुँजी करिब २७ करोड रहेको बताए । साधरणसभा बोल्दै लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपाल, रुपन्देही बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त ढकाल, जिल्ला सहकारी संघका संचालक हुमा भुत्तेल, सियारी सहकारी संजालका अध्यक्ष, सूर्यनारायण यादव, निष्ठा बचतका निवर्तमान अध्यक्ष गोपाल पोखरेल र संस्थापक इन्द्रप्रसाद तिवारी लगायतले बोल्दै सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दा सहकारीमा समस्या देखिएको बताउँदै अनुत्पादक क्षेत्रमा लगानी नगर्न सबै सहकारीहरुलाई आग्रह गरेका थिए । साधारणसभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ऋण उपसमितिका संयोजकले आफ्नो प्रतिवेदन पेश गरेका थिए ।
वि.स. २०६६ सालमा २८ जना शेयर सदस्यबाट १४ लाख चुक्ता पुँजी संकलन गरी सुरु गरेको सहकारीमा हाल ६६३ जना महिला र ४४६ जना पुरुष गरी ११०९ शेयर सदस्य रहेका छन् । साधारणसभा कार्यक्रममा निष्ठा बचत तथा ऋण सहकारीका अध्यक्ष लालबहादुर बस्नेत, उपाध्यक्ष हरिप्रसाद पोखरेल, व्यवस्थापक प्रेमबहादुर गोदारलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।