ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

जापानमा अब २ घन्टा भन्दा बढी स्मार्टफोन चलाउन नपाइने

१३ भाद्र २०८२, शुक्रबार
१३ भाद्र २०८२, शुक्रबार

काठमाडौं, १३ भदौ ।

स्मार्टफोन हामी सबैको जीवन र बानीमा समावेश भइसकेको छ, त्यसैले मानिसहरु स्मार्टफोन प्रयोग गरेर धेरै घण्टा बिताउँछन् ।

बालबालिकाको राम्रो भविष्य, मानिसको स्वास्थ्य र मानसिक स्वास्थ्य र बिग्रिएको सम्बन्धलाई ट्रयाकमा ल्याउन विज्ञहरूले स्क्रिन टाइम घटाउन सुझाव दिने गरेका छन् । यही कारणले गर्दा स्क्रिन टाइम कम गर्न विश्वभर विभिन्न किसिमका प्रयास भइरहेका छन् ।

हालै जापानको एउटा सहरमा फोनको प्रयोगका सम्बन्धमा एउटा नियम सार्वजनिक गरिएको छ जसमा अब मानिसले दिनमा दुई घण्टा मात्रै स्मार्टफोन प्रयोग गर्न पाउने भएका छन् । जापानी सञ्चारमाध्यमका अनुसार जापानको  तोयोआके सहरका बासिन्दाले अब दिनमा दुई घण्टा मात्र स्मार्टफोन चलाउन सक्ने छन् ।

तोयोआके मेयर मासामी कोकीले घोषणा गरे कि नगरसभाले चाँडै मस्यौदा अध्यादेशमा मतदान गराउने छ, जसले बासिन्दाहरूलाई काम र स्कूलको दायित्व बाहिर स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरमा दिनको दुई घण्टा बिताउन अनुमति दिनेछ ।

यदि नियममा पारित भएमा यो अक्टोबरदेखि  तोयोआकेमा लागू हुनेछ। जापानको कागावा सहरमा सन् २०२० मा नै यस्तो नियम बनाएर लागू नै गरिसकेको  छ । कोकीले यो कानुन उल्लंघन गर्नेलाई कुनै आर्थिक वा फौजदारी सजाय नहुने स्पष्ट पारेका छन् । उनले भने कि स्क्रिन टाइमलाई दुई घण्टामा सीमित गर्नु एक दिशानिर्देश मात्र हो। यो विधेयकले स्वास्थ्य र दैनिक जीवनमा अत्यधिक स्मार्टफोन प्रयोगको नकारात्मक असरबाट बासिन्दाहरूलाई जोगाउने लक्ष्य राखेको छ ।

जापानमा मार्चमा गरिएको एक सर्वेक्षणले देशका युवाहरूले आफ्नो फोन, ट्याब्लेट र कम्प्युटरमा दैनिक औसत पाँच घण्टा बिताउने गरेको पाइएको थियो । कोकीको विश्वास छ कि फोनको अत्यधिक प्रयोगले निद्रामा समस्या, मानसिक स्वास्थ्य आदि जस्ता समस्याहरू निम्त्याउन सक्छ ।

बालबालिका र वयस्कहरू, युवा र वृद्धहरूले निश्चित समय पछि फोन प्रयोग गर्ने छैनन् । विद्यालय सकिए पछि विद्यार्थीले दिनमा दुई घण्टा मात्रै स्मार्टफोन प्रयोग गर्न पाउने छन् । कक्षा १ देखि ५ सम्मका बालबालिकाले राति ९ बजेपछि फोन प्रयोग गर्न पाउने छैनन् र ठूला बालबालिकाले १० बजेपछि फोन प्रयोग गर्नु हुँदैन ।

यद्यपि जापानको  तोयोआके शहरमा फोनका सम्बन्धमा बनाइएका नियममा सजाय वा जरिवानाको व्यवस्था छैन । जनतालाई सचेत गराउनका लागि मात्रै यस्तो व्यवस्था गरिएको हो । यति हुँदाहुँदै पनि जनतामा आक्रोश छ। जापानका एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्– दुई घण्टा निकै कम समय हो, त्यो समयमा उनीहरु केही गर्न सक्ने छैनन् ।

अर्का एक प्रयोगकर्ताले लेखेका छन्– ‘म मेयर मासामी कोकीको नियतमा शंका गरिरहेको छैन, तर दुई घन्टाको लिमिटको सिमा पालना गर्न असम्भव छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?