ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

नेपाल सीमा हुँदै जैशका ३ आतङ्कवादी बिहार पसेको दाबी

१२ भाद्र २०८२, बिहीबार
१२ भाद्र २०८२, बिहीबार

समाचार सारांश


  • बिहारमा विधान सभा चुनाव अघि आतङ्कवादी खतरा उच्च भएको गुप्तचर सूचनामा जनाइएको छ ।

  • पाकिस्तानको प्रतिबन्धित सङ्गठन जैश–ए–मोहम्‍मदसँग आबद्ध तीन जना आतङ्कवादी नेपाल हुँदै बिहार प्रवेश गरेको भनिएको छ ।

  • ती आतङ्कवादीहरू साउन दोस्रो सातातिर काठमाडौँ पुगेका थिए र त्यसपछि भारत प्रवेश गरेका हुन् ।


पटना, १२ भदौ ।

विधान सभा चुनावअघि बिहारमा आतङ्कको खतरा बढ्दै गएको छ । गुप्तचर सूचना पछि पुरै राज्यमा उच्च सतर्कता जारी गरिएको छ।

प्राप्त जानकारी अनुसार पाकिस्तानको प्रतिबन्धित सङ्गठन जैश–ए–मोहम्‍मदसँग आबद्ध तीन जना आतङ्कवादी नेपाल हुँदै बिहार प्रवेश गरेको दाबी गरिएको छ ।

उनीहरू हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान रहेको भारतीय मिडियाहरूले उल्लेख गरेको छ । बिहारमा विधान सभा चुनाव नजिकिँदै गर्दा आतङ्कवादी गतिविधिको आशङ्का बढेको छ ।

प्रहरी मुख्यालयलाई प्राप्त महत्त्वपूर्ण गुप्तचर सूचना पछि पुरै राज्यमा उच्च सतर्कता जारी गरिएको हो । सूचनाअनुसार पाकिस्तानका तीन आतङ्कवादी नेपाल मार्ग हुँदै बिहार प्रवेश गरिसकेका छन् ।

यी आतंकवादीहरू प्रतिबन्धित सङ्गठन जैश–ए–मोहम्‍मदसँग आबद्ध रहेको पाइएको छ । उनीहरूको परिचय रावलपिण्डी निवासी हसनैन अली, उमरकोट निवासी आदिल हुसैन र बहावलपुरका मोहम्मद उस्मानका रूपमा भएको छ ।

जानकारी अनुसार ती तीनै जना आतङ्कवादी साउन दोस्रो सातातिर काठमाडौँ पुगेका थिए र त्यहाँबाट गत हप्तामै सीमा पार गरी बिहार प्रवेश गरेका हुन् ।

भारतीय प्रहरी मुख्यालयले यस सूचनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ। तीनै आतङ्कवादीको पासपोर्ट तथा अन्य विवरण सीमावर्ती जिल्लाहरूको प्रशासन र सुरक्षा निकायसँग साझा गरिएको छ।

विशेष गरी नेपालसँग जोडिएका क्षेत्रमा सुरक्षा व्यवस्था अझ कडाइ गरिएको छ । गुप्तचर स्रोतहरूका अनुसार यी आतंकवादीहरूले देशको जुनसुकै क्षेत्रमा आतंकी घटना गराउन सक्ने सम्भावना छ।

बिहार विधान सभा चुनावलाई दृष्टिगत गर्दा यो सतर्कता अझ संवेदनशील मानिएको छ, किनभने आतंकवादीहरूले कुनै ठूलो राजनीतिक सभा वा भीडभाड भएको कार्यक्रममा आक्रमण गर्न सक्ने आशङ्का गरिएको छ।

प्रहरी मुख्यालयले सबै जिल्लाका प्रहरी प्रमुखहरू र गुप्तचर संयन्त्रलाई सतर्क रहन निर्देशन दिएको छ। साथै, शङ्कास्पद गतिविधि माथि नजर राख्न, निरन्तर सूचना सङ्कलन गर्न र कुनै पनि सुराग भेटिए तुरुन्त कारबाही गर्न भनिएको छ ।

बिहार प्रहरी यस बेला पूर्ण अलर्ट मोडमा छ र सीमावर्ती जिल्लाहरूमा खोज तथा अनुसन्धान अभियान तीव्र पारेको छ । सुरक्षा निकायहरू कुनै पनि किसिमको आतंकी गतिविधि राज्यमा हुन नदिन जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?