© २०२३
काठमाडौं, ९ भदौं ।
विश्वका ठूला टेक कम्पनीहरूका प्रमुखहरू अब व्यवसायिक अनुहार मात्र होइनन्, राजनीति, समाज र जनभावनाको प्रत्यक्ष लक्ष्यहरू पनि हुन् । जसका कारण उनको व्यक्तिगत सुरक्षामा भएको खर्च अचम्मको स्तरमा पुगेको छ ।
२०२४ मा ५ ठूला प्राविधिक कम्पनीहरूले आफ्ना सीईओहरूको सुरक्षामा ४५ मिलियन अमेरिकन डलर भन्दा बढी खर्च गरेका छन् । यसको सबैभन्दा ठूलो हिस्सा मेटा प्रमुख मार्क जुकरबर्ग र उनको परिवारको सुरक्षा थियो । जसमा मात्र करिब २७ मिलियन डलर खर्च भएको थियो ।
वास्तवमा, धम्कीहरू अब व्यवसायिक प्रतिद्वन्द्वी र असन्तुष्ट कर्मचारीहरूबाट मात्र आउँदैनन् । तथ्याङ्कको दुरुपयोग, सामूहिक कटौती, अर्बौं डलरको सम्पत्ति र राजनीतिमा प्रत्यक्ष हस्तक्षेपले टेक दिग्गजहरूलाई जनआक्रोशको निशाना बनाएको छ ।
मार्क जुकरबर्ग
मेटाले २०२४ मा जुकरबर्ग र उनको परिवारको सुरक्षामा ३५३ करोड नेपाली रूपैयाँ खर्च गरेको छ । यसमा पालो अल्टो, क्यालिफोर्नियामा आवास सुरक्षा र यात्रा सुरक्षा समावेश छ ।
एलन मस्क
टेस्ला र स्पेसएक्सका मालिक एलोन मस्कको सुरक्षामा भएको खर्चको पूर्ण तथ्याङ्क सार्वजनिक छैन् तर २०२३ मा टेस्लाले मात्रै उनको सुरक्षामा ३३ करोड नेपाली रुपैयाँ खर्च गरेको थियो । मस्कले अब आफ्नै फाउन्डेसन सेक्युरिटी कम्पनीमार्फत सुरक्षाको प्रबन्ध मिलाउँछन् र २० अंगरक्षकसहित अहिले पनि हिँड्छन् ।
सेन्ट जोसेफ
अमेजनले मालिक जेफ बेजोसको सुरक्षामा हरेक वर्ष करिब २० करोड नेपाली रुपैयाँ खर्च गर्ने गर्दछ। हालका सीईओ एन्डी ज्यासीको नेतृत्वमा पनि कम्पनीको सुरक्षा बजेट हरेक वर्ष बढ्दै गएको छ ।
एनभिडिया, हुवाङ
एनभिडियाले २०२४ मा हुवाङको सुरक्षाका लागि ४६ करोड भन्दा बढी खर्च गरेको छ । उनको २१ करोड लाखको सम्पत्ति र एआइ नीतिमा प्रत्यक्ष भूमिकाले खतरा बढाएको हो ।
मोर्गान, डाइमेन
जेपी मोर्गनका सीईओ जेमी डाइमेनको सुरक्षामा २०२४ मा ११ करोड नेपाली रुपैयाँ खर्च भएको थियो। यी सबै तथ्यांकबाट यो स्पष्ट हुन्छ कि सुरक्षा अब कम्पनीहरूको स्थायी खर्च भएको छ।