Butwal Today

सुनचाँदी दुबैको मूल्य बढ्यो

८ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ८ भदौ ।

आज आइतबार सुनचाँदीको मूल्य फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन अर्थात् आइतबार छापावाल सुन तोलामा २ हजार ३०० रुपैयाँले बढेर हाल १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर अहिले २ हजार ३ सय ५० रुपैयाँ पुगेको छ, जुन शुक्रबार २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।