© 2026
काठमान्डौ, ८ भदौं ।
पाकिस्तानका विदेशमन्त्री इशाक दार शनिबार बंगलादेशको राजधानी ढाका पुगेका छन् ।
सन् २०१२ यता पाकिस्तानका यति उच्च अधिकारीले बंगलादेशको भ्रमण गरेको यो पहिलो पटक हो । पछिल्लो ७२ घण्टामा दुवै देशका धेरै वरिष्ठ नेता र सैन्य अधिकारीबीच भेटवार्ता भएको छ ।
दारले बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसलाई पनि भेट्ने बताएका छन् । आइतबार दुई देशबीच व्यापार सम्झौता हुने अपेक्षा गरिएको छ ।
बंगलादेश कुनै समय पाकिस्तानको हिस्सा थियो र १९७१ मा स्वतन्त्र भयो । आज पनि ढाकाका धेरै मानिसहरूले त्यस अवधिको हत्या र अत्याचारका लागि पाकिस्तानले माफी माग्नुपर्ने माग गर्छन् । तर, वर्तमान अन्तरिम नेता मोहम्मद युनुसको अडान फरक छ ।
उनीहरुले भारतले शेख हसिनालाई ‘गम्भीर अपराध’बाट जोगाएको आरोप लगाएका छन् । हसिनामाथि सन् २०२४ को विद्यार्थी आन्दोलनलाई बलपूर्वक दबाएको आरोप छ । यो आन्दोलन यति ठूलो भयो कि उनले देश छोडेर भारत भाग्नुपर्यो ।
थोमस केन (इन्टरनेशनल क्राइसिस ग्रुप) भन्छन्, ‘हसीनाको पतन भारतको लागि एक रणनीतिक धक्का थियो र बंगलादेश–पाकिस्तान निकटता त्यसको परिणाम हो ।’
हाल बंगलादेशले अवामी लिगलाई प्रतिबन्ध लगाएको छ र फेब्रुअरी २०२६ मा चुनाव हुनेछ । ढाकाले आरोप लगायो कि भारतले अझै पनि अवामी लिगलाई समर्थन गरिरहेको छ, जबकि भारतले आफ्नो भूमि कुनै पनि विदेशी राजनीतिक गतिविधिको लागि प्रयोग नगरेको बताउँछ ।