Butwal Today

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्छ भन्दै सर्वोच्च अदालतमा रिट दर्ता

५ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्ध रिट निवेदन दर्ता गराएका हुन् ।  उनले प्रधानमन्त्री ओलीसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएका छन् ।

रिटमा उल्लेख भएअनुसार जनता समाजवादी पार्टी, नेपालले २०८२ असार ३२ गते प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो।

त्यस आधारमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने माग गरिएको हो । सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटमाथि प्रारम्भिक अध्ययनपछि पेशी तोकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?