© २०२३
कोभिड १९ लाई शून्यमा पु¥याउने लक्ष्यका साथ फाइजर खोप अभियान आजदेखि दुई दिनसम्म अर्थात बुधबारसम्म हुँदैछ । १२ बर्ष उमेर माथिका खोप लगाउन छुटेका सम्पूर्ण नागरिकहरूलाई फाइजर खोप दिन अभियान चल्ने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको भैरहवामा बसेको बैठकले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका निमित्त प्रमुख चिन्तामणी ज्ञवालीले ३० हजार भाएल फाईजर खोप जिल्लामा आएको र १२ बर्ष भन्दामाथिका सबै नागरिकले खोप लगाउन पाउने बताउनुभएको छ । हालसम्म कुनैपनि खोप नलगाएको वा खोप लगाउन छुट भएका नागरिकहरूलाई पहिलो मात्रा दिने ।
पहिलो मात्रा लगाएकालाई १२ महिनापछि दोश्रो मात्रा दिने । दोश्रो मात्रा लगाएकाहरूलाई १२ महिनापछि पहिलो बुस्टर र पहिलो बुस्टर लगाएकाहरूलाई १२ महिनापछि दोश्रो बुस्टर डोज दिई सम्पूर्ण नागरिकहरूलाई कोरोनाबाट मुक्त बनाउने अभियानमा हामी सबै सहभागी बनौ र अभियान सफल पारौं ।
सरकारले अहिलेसम्म लगाएका बिभिन्न नामका कोरोनाबिरुद्वका खोपहरू १२ बर्ष भन्दा माथिका उमेर समूहका अधिकांश मानिसहरूलाई लगाईसकेको छ भने एउटा महत्वपूर्ण कुरा रूपन्देही जिल्लाले यसभन्दा पहिला पहिलो डोज लगाएको १०२ प्रतिशत कभरेज जनसंख्याको आधारमा सोही प्रतिशतकै आधारमा दोस्रो डोज पनि बराबर मात्रामा लगाएर कोभिड खोप अभियानमा आफूलाई अब्बल रूपमा चिनाउन सफल भएको थियो ।
यसैगरी पहिलो र दोस्रो बुस्टर डोजको अभियानपनि सफल पारेको थियो । रूपन्देही जिल्लाका सम्पूर्ण सरोकारवाला स्वास्थ्यकर्मीहरूको यो अतुलनीय कार्यले कोभिड खोप अभियानमा देशमै चर्चाको बिषय बनेको थियो ।
यसको साथै रूपन्देही जिल्लाले कोभिड १९ बिरुद्वको खोप तिब्र गतिमा लगाएर नेपालमै पहिलोपटक कोभिड खोपलाई पूर्ण खोप घोषणाको नयाँ अवधारणा ल्याएर रूपन्देहीका बिभिन्न पालिकाहरूलाई कोभिड बिरुद्व पूर्ण खोप घोषणा गरी देशका अन्य जिल्ला अन्तरगतका पालिकाहरूलाई समेत यो अभियानमा लागि पर्न उत्सुकता जगाईदिएको थियो ।
चिनको हुवेई प्रान्तको उहाङ्ग शहरमा २०७६ पौष १५ (सन २०१९ डिसेम्बर ३१) मा पहिलोपटक पहिचान भएको कोरोना प्रजातीको भाईरस (क्ब्च्क्(ऋइख्द्द) ले लामो समय अबधि सम्मपनि बिश्वका अधिकाशं देशका नागरिकलाई आक्रान्त बनाईरहेको थियो ।
यस रोगलाई २०७६ फाल्गुण २८ (सन २०२० मार्च ११) मा विश्व स्वास्थ्य संगठनले महामारीको रूपमा घोषणा गरेको थियो भने नेपालमा २०७६ माघ ९ (सन २०२० जनबरी २३) मा पहिलोपटक कोभिडको बिरामी देखापरेको यस महामारीले धेरै जनालाई संक्रमण गर्दै मृत्युको शैयासम्म पुरायो । शुरुको अवस्थामा अत्यन्तै डरत्रासको रूपमा फैलिएको कोरोनाले तेस्रो बर्षमा प्रबेश गर्दासम्म आफ्नो निरन्तरतालाई छाडेकै थिएन ।
यसले बिभिन्न नामका समुह उपसमूहहरूबाट हामीलाई आक्रमण गरिरह्यो । केबल हाम्रो दैनिकी चलाउन समेत गाह्रो भएका कारणले मात्र मनमा डर हुँदाहुँदै पनि हामी सबैजना बाहिरी वातावरणमा यत्रतत्र सुरक्षा मापदण्ड बिनानै निस्किएको पाईन्थ्यो ।
अहिले पछिल्लो चरणमा आउँदा सरकारले अधिकाँश नागरिकहरूलाई कोभिड खोपको थप मात्रा अर्थात बुस्टर डोज समेत लगाएर कोरोना महामारीबाट बचाउन र शरीरमा प्रतिरक्षा शक्ति बढाउन ठूलो योगदान पुयाएको छ ।
त्यसैकारणले यो खोप अभियानमा सम्पूर्ण नागरिक, अभिभावक, स्वास्थ्यकर्मी, शिक्षक, शिक्षीका, जनप्रतिनिधी लगायत सम्पूर्ण सरोकारवालाहरू आ–आफ्नो स्थानबाट लागी परी खोप लगाई कोरोनाबाट मुक्त हुन एकजुट भएर आफ्नो पायक पर्ने स्वास्थ्य संस्थाको सूचनाको आधारमा पायक पर्ने खोप केन्द्रमा गई अनिबार्य फाइजरखोप लगाउने कार्यमा अनिबार्य एकजुट बनौ र यो अभियानलाई सफल बनाऔं ।
साथै यस्तो महामारीबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र स्वास्थ्यका माथील्ला निकायहरूले अपनाउन भनेका स्वास्थ्य सुरक्षाका मापदण्ड हरूलाई अनिबार्य रूपमा अपनाउने गरौं । अनिमात्र कोरोनाबाट बच्न सकिन्छ ।
मुख्यगरेर कोरोनाका जुनसुकै भेरिएन्टबाट पनि बच्नको लागी सफा, स्वस्थ र पोषिलो खाना खाने, प्रशस्त आराम र ब्यायाम गर्ने, साथै सकारात्मक सोचको विकास गर्ने, कुनैपनि कुराको बारेमा नचाँहिदो सोंच गर्ने कार्य नगर्ने गर्दा पनि कोरोनाबाट बच्न सकिन्छ ।
अझैपनि कहींकतै खोप लगाउन बाँकी रहेकाहरूले अनिबार्य आफ्नो नजिकको स्वास्थ्य संस्थामा गएर अथवा नजिकको स्वास्थ्यकर्मी संग सम्पर्क गरेर कोभिड बिरुद्वको खोप लगाई आफुलाई सुरक्षित बनाउनुको साथै नेपाल सरकारको यो महत्वपूर्ण अभियानलाई सफल बनाएर आफुलाई एउटा स्वस्थ र ईमान्दार नागरीकको रूपमा स्थापित गरौं ।
कुनैपनि खोपलाई यति महत्वका साथ हेरिन्छ कि खोपले प्रत्येक पाँचजना बालबालिकाको मृत्यु मध्ये एकजनालाई खोपबाट बचाउन सकिन्छ । खोपले जीवन बचाउँछ । खोप सबैभन्दा राम्रो उपाय हो । जनताको अधिकार हो ।
रोग लाग्नेदर , अपाङ्ग हुने दर र मृत्यु हुने दर घटाउने खोप कार्यक्रम को लक्ष्य हो । बच्चालाई लाग्ने नियमित खोप पूरा गर्न पाँचहजार रूपैंया खर्च लाग्दछ । अझ अहिले चलेको टाईफाईडको नियमति खोपलाई छाडेर भने एकजना बच्चालाई सम्पूर्ण खर्च बेहोरेर हेर्ने हो भने सम्पूर्ण खोप पूरा गर्नको लागी तिसहजार रूपैंया भन्दा बढी खर्च लाग्ने भनिएको छ ।
त्यसकारणले पनि नेपाल सरकारले बच्चाको लागी निशुल्क रूपमा बितरण गर्दै आएको खोप कार्यलाई निकै महत्वका साथ हेरि सम्पूर्ण अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाई बालबालिकाहरूलाई घातक रोगबाट बचाउनु अत्यन्तै महत्वपूर्ण कार्य मानिन्छ ।
सोही महत्वकै आधार मानी यो फाईजर खोप अभियानपनि सफल पार्नु हामी सबैको दायित्व र ईमान्दारीता मान्न सकिन्छ । साथै निम्न अनुसारका सुरक्षाका मापदण्डहरू अपनाउनु होस ।
बिश्वब्यापी रूपमै महामारीको रूपमा फैलिएको कोरोना भाईरसबाट हामी कत्तीपनि हतोत्सायी नभई बिश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएका स्वास्थ्यका मापदण्ड अपनाई आफ्नो दैनिकीलाई अगाडि बढाउने ।
बेलाबेलामा वा हरेक जोखिमपूर्ण अवस्थामा साबुन पानीले मिचिमिची हात धोऔं वा गुणस्तरिय सेनिटाइजरको प्रयोग गरौं । खानपानलाई अत्यन्तै ख्याल गरौं । भिडभाडमा जाँदा सहि तरीकाले अनिवार्य माक्सको प्रयोग गरौं । सुरक्षित रहौं, आफु बचौं र अरूलाई पनि बचाऔं । कोरोना बिरुद्धमा अफवाह नफैलाऔं । सकारात्मक सोंचको बिकास गरौं ।
धेरैभन्दा धेरै नागरिकलाई खोप अभियानमा जोड्नको लागि प्रदेश र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । खोपको आवश्यकता, नलगाए हुने अफ्ठेरो र सहजताको बारेमा धेरै नागरिकले थाहा पाईसकेकोले अव त्यसमा द्विविधा छैन ।
अझैपनि कोही नागरिकमा खोपप्रति अनभिज्ञता भएको अवस्थामा खोप र भ्रमको बारेमा नयाँ नयाँ सूचना प्रवाह गर्नुपर्ने आवश्यकता छ । स्वास्थ्य संस्थामा खोप बाँकी रहनु तर खोप लगाउन नागरिक नजानु दुःखद पक्ष भएकोले सवैलाई खोपको पहुँचमा पु¥याउन र खोप अभियानलाई प्रभावकारी बनाउन राजनीतिक दलका नेता, कार्यकर्ता र सरकारले नै गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता छ ।
तसर्थ यी सबै कार्य हामीहरूले आफ्नो आफ्नो कर्तब्यमा रहेर गरेऔं भने अवश्यपनि यस्ता खालका महामारीबाट सजिलै संग बच्न सकिन्छ । अब यस्ता खालका फरक फरक रूपका जे जस्ता महामारीहरू आईलागेतापनि अथवा मौसम अनुसारका हरेक फरक फरक रोगहरूमा सम्पूर्ण नागरिकहरूले आफ्नो स्वास्थ्यको बारेमा आफै जिम्मेवारी भन्ने भनाईलाई आत्मसाथ गर्दै सुरक्षाका मापदण्डलाई अपनाउदै खानपान, आराम र ब्यायामलाई बिशेष ख्याल गर्दै आफ्नो दैनिकीलाई अगाडि बढाउनु नै बुद्विमानी हुनेछ ।