Butwal Today

तरुण दलले पाँचौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्‍यो

२ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौं, २ भदौ

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफ्नो पाँचौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । अध्यक्ष विद्वान गुरुङले तय गरेको कार्यतालिका अनुसार महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।

महाधिवेशन तयारी अन्तर्गत भदौ १५ गतेभित्र पूर्ण सदस्यता वितरण र पालिका अधिवेशन सम्पन्न गर्ने योजना छ । यसपछि यही भदौ मसान्तसम्म सदस्यता स्वीकृत गरिसक्ने र क्षेत्रीय तथा जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गर्ने कार्यतालिका तय गरिएको छ ।

यसैक्रममा कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन,  कात्तिक २० गतेसम्म संघीय तथा प्रदेश सभा निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।  सातै प्रदेशको अधिवेशन भने मंसिर १० गतेभित्र सम्पन्न गरिनेछ ।

नेपाल तरुण दलले २०७३ सालपछि महाधिवेशन गर्न सकेको थिएन । हाल संस्था तदर्थ समिति मार्फत सञ्चालन भइरहेको छ । नयाँ कार्यतालिकाले स्थायी नेतृत्व चयनको बाटो खोल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?