© 2026
काठमाडौँ ।
म्यानमारमा सन् २०२१ को सैन्य कब्जापछि पहिलोपटक चुनाव हुन लागेको छ । सैन्य सरकारका प्रमुख जनरल मिन आङ ह्लाइङले आगामी डिसेम्बर २८ मा आम निर्वाचन गर्ने घोषणा गरेका हुन् ।
त्यस वर्ष म्यानमारमा सेना नेतृत्वमा रहेको सरकारले लोकतान्त्रिक रूपमा निर्वाचित नेतृ आङ सान सुकीलाई जेल चलान गरेको थियो र सत्ता कब्जा गरेको थियो ।
जनरल ह्लाइङले उक्त चुनाव ‘ स्वतन्त्र र निष्पक्ष ’ हुने दाबी गरे पनि अन्तर्राष्ट्रिय समुदायले यसमा विश्वास गरेको छैन । आलोचकहरूले यसलाई सेनाले आफ्नो सत्ता बलियो बनाउन मात्र गरेको प्रयास भन्दै आलोचना गरेका छन् ।
म्यानमार सन् २०२१ यता गृहयुद्धको अवस्थामा छ, जहाँ सेना र जातीय सशस्त्र समूहबीच घातक द्वन्द्व जारी छ । कतिपय जातीय समूहहरूले आफ्नो क्षेत्रमा मतदान नहुने बताएका छन्, जसले आगामी चुनावको विश्वसनीयतामा प्रश्न उठाएको छ ।