Butwal Today

भारतीय विदेश सचिव विक्रम मिश्री र प्रचण्डबीच भेटवार्ता

१ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं, १ भदौ ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका सचिव मिश्रीले खुमलटारस्थित प्रचण्ड निवासमा भेट गरेका हुन् । प्रचण्डको सचिवालयका अनुसार भेटवार्तामा नेपाल भारत द्विपक्षीय हित र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा कुराकानी भएको थियो ।

यसअघि मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?