Butwal Today

रोल्पामा विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर

१ भाद्र २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, १ भदौ

रोल्पामा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान गम्भीर बिरामी भएका छन् । मृत्यु हुनेमा रोल्पा परिवर्तन गाउँपालिका–२  राङसीकी ७४ वर्षीया नर्मला वली रहेकी छन् ।

२७ साउनमा जंगलबाट ल्याइएको च्याउको तरकारी खाएपछि नर्मला वली र उनका ८१ वर्षीय श्रीमान भागीराम वली दुबै बिरामी भएका थिए।

स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि २९ साउनमा दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो ।

उपचारको क्रममा नर्मला वलीको मृत्यु भएको र भागीराम वलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। हाल उनी सोही अस्पतालमा उपचाररत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?